थाई पूर्वप्रधानमन्त्री थाक्सिनको जेल सजाय घटाइयो | Khabarhub Khabarhub

थाई पूर्वप्रधानमन्त्री थाक्सिनको जेल सजाय घटाइयो


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बैङ्कक– थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको जेल सजाय घटाएर एक वर्ष मात्र बनाइएको छ ।  थाक्सिन १५ वर्षको निर्वासनबाट फर्केको केही दिनपछि शुक्रबार राजाले उनको जेल सजाय आठ वर्षबाट घटाएर एक वर्ष कायम गरेका हुन् ।

अर्बपति ७४ वर्षीय पूर्वप्रधानमन्त्रीले भ्रष्टाचार र पदको दुरुपयोग गरेको आरोपमा शाही माफीका लागि निवेदन दिएको एक दिनपछि यो कदम चालिएको हो ।

सन् २००६ को सैन्य ‘कू’ पछि अपदस्थ भएका थाक्सिन सन् २००८ पछि पहिलो पटक थाइल्याण्ड फर्के लगत्तै गत साता जेल चलान भएका थिए । 

राजा महा वजिरालोङकोर्नबाट आंशिक क्षमादानको आधिकारिक पुष्टि राजपत्रमार्फत् गरिएको हो । घोषणाले प्रधानमन्त्रीका रूपमा देशको लागि उनको सेवालाई संकेत गरेको थियो ।

‘उहाँ राजसंस्थाप्रति वफादार हुनुहुन्छ । मुद्दा चल्दा उहाँले न्याय प्रणालीको सम्मान गर्नुभएको थियो,’ थाक्सिनले थुप्रै स्वास्थ्य समस्यासँग जुधिरहेको पनि उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘थाइ नरेशले उहाँलाई आममाफी दिनुभएको छ । थुनामा रहेका थाक्सिन सिनावात्रालाई तोकिएको जेल सजायमा आंशिक क्षमादान गर्दै सजायलाई एक वर्षमा झारिएको छ । उहाँले आफ्नो विशेषज्ञता र अनुभवलाई देशलाई थप विकास गर्न प्रयोग गर्न सक्नुहवस् ।’

गत हप्ता मङ्गलबार पूर्वप्रधानमन्त्रीको स्वदेश फिर्ती उहाँको फेउ थाई पार्टी सैन्य समर्थक पार्टीहरूसँग गठबन्धन गरेर सरकारमा फर्केसँगै धेरैले उहाँको जेल समय कटौती गर्ने सम्झौता भएको अनुमान गरेका थिए । 

पूर्व टेलिकम टाइकून र म्यानचेस्टर सिटीका मालिक थाक्सिन आधुनिक थाई इतिहासमा सबैभन्दा प्रभावशाली तर विभाजनकारी व्यक्तिहरूमध्ये एक मानिनुहुन्छ । 

सन् २००० को पहिलो दशकको सुरुतिर उहाँको पपुलिस्ट नीतिका कारण लाखौं ग्रामीण थाईहरूले मन पराएका उनको लामो समयदेखि देशको राजावादी र सैन्य समर्थक प्रतिष्ठानद्वारा आलोचना हुँदै आएको थियो । 

थाक्सिन र उनका सहयोगीहरूलाई सत्ताबाट बाहिर राख्ने संस्थापनपक्षको प्रयासले विगत दुई दशकमा थाई राजनीतिको अधिकांश भाग रङ्गिएको छ । उनका समर्थकहरूले उनलाई बैङ्ककमा अवतरण गर्दा नायकको रूपमा स्वागत गरेका थिए । त्यस लगत्तै उनलाई पक्राउ गरिएको थियो ।

 उनी पक्राउ भएको केही घण्टापछि फेउ थाइकी श्रेता थाभिसिन प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सन् २०१४ मा थाक्सिनकी बहिनी यिङलकलाई सत्ताच्युत गरिएपछि उक्त पार्टीबाट पहिलो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको हो ।

थाइल्याण्डमा पहिलो रात थाक्सिनलाई जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो र जेलका मेडिकल अफिसरहरूले उनलाई मुटुसम्बन्धी समस्यालगायत विभिन्न स्वास्थ्य समस्याहरूको नजिकबाट निगरानी गर्नुपर्ने बताएका थिए ।

थाक्सिनसँग सम्बन्धित पार्टीहरूले सन् २००१ देखि यस वर्षसम्मका हरेक थाई चुनावमा प्रभुत्व जमाएका थिए । तरु यो बर्षको निर्वाचनमा प्रगतिशील मुभ फरवार्ड पार्टी (एमएफपी) ले सबैभन्दा बढी सिट जितेको थियो ।

तर नयाँ गठबन्धन सरकारले थाक्सिन र यिङलकलाई सत्ताच्युत गर्ने ‘कू’ गर्ने जनरलहरूसँग सम्बन्धित पार्टीहरूलाई ल्याउने क्रममा एमएफपीलाई सरकारमा सहभागी हुनबाट रोकेको थियो । यस घटनाले धेरै थाई नागरिकहरू आक्रोशित बनेका छन् । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : १० बजे

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कबज बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं– बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत