सहकारीको ऋण समयमै चुक्ता गर्न नगरपालिकाको आह्वान | Khabarhub Khabarhub

सहकारीको ऋण समयमै चुक्ता गर्न नगरपालिकाको आह्वान


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गरेका हुन् । सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा, ब्याज नतिर्दा बचतकर्ता शेयर सदस्यको रकम फिर्ता गर्न असहज भएको नगरपालिकाले जनाएको छ । 

सदस्यले बचत गरेको रकमबाट नै अरु सदस्यलाई कर्जा प्रवाह गरिने हुँदा ऋणी सदस्यले आफूले लिएको साँवा, ब्याज समयमै नबुझाउँदा सहकारी संस्थामा स्वाभाविकरूपमा समस्या आएको सूचनामा उल्लेख गरिएको छ । 

केही व्यक्तिबाट सहकारीको ऋण नतिरे पनि हुन्छ भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएको सुनिएकाले पनि नगरपालिकाले सार्वजनिकरूपमा आह्वान गरेको जनाइएको छ । ऋण नतिर्ने कुरालाई ऋणीहरूलाई नै प्रत्युत्पादक हुन आउने सूचनामा उल्लेख गरिएको छ । ऋण लिएपछि तिर्नुपर्दैन भन्ने कुरा नेपालको प्रचलित ऐन कानूनविपरीत भएकोतर्फ पनि नगरपालिकाले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

नगरपालिका सहकारी ऐन, २०७५ को दफा ५८ मा ऋण असुल गर्ने सम्बन्धी व्यवस्था छ । दफा ६१ मा कसैले संस्थालाई तिर्नु बुझाउनुपर्ने रकम नतिरी बाँकी राखेमा त्यस्तो रकम र सोको ब्याजसमेत दर्ता गर्ने अधिकारीले ऋणीको जायजेथाबाट असुल उपर गरिदिन सक्ने व्यवस्था ऐनमा भएको पनि प्रमुख प्रशासकीय अधिकृत खनालले जारी गरेको सूचनामा उल्लेख छ ।

ऐनको दफा ६२ मा दर्ता गर्ने अधिकारीले दफा ५८ र ६१ को प्रयोजनको लागि कुनै व्यक्तिको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने गरी व्यवस्था गरेको छ । 

ऋणीले सहकारी संस्थामा जेजस्तो सम्झौता, शर्त वा कबुलियत गरी ऋण लिएको हो सोहीबमोजिम समयमै आफूले लिएको ऋणको साँवा, ब्याज रकम दाखिला गरी सहकारीमा देखिएको समस्या समाधानका लागि सहयोग गर्न नगर क्षेत्रका सबै सहकारीका ऋणीलाई नगरपालिकाले आह्वान गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : २२ बजे

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कबज बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं– बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत