बागमती क्रिकेट संघको अध्यक्षमा खड्का निर्वाचित « Khabarhub

बागमती क्रिकेट संघको अध्यक्षमा खड्का निर्वाचित


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। मतगणनामा खड्काले २३ मत पाउँदा पियाले १४ मत मात्रै पाए।

खड्काले काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर गरी चार जिल्लाका पदाधिकारीहरूसँग मिलेर संयुक्त प्यानल बनाएका थिए। सोही प्यानलको मतमा खड्का शुक्रबार भएको अधिवेशनमा अध्यक्षमा निर्वाचित भए। 

निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले तत्कालका लागि केन्द्रीय अध्यक्षको बारेमा नसोचेको भन्दै ६ वटै प्रदेशका पदाधिकारीहरूसँग बसेर छलफलपछि केन्द्रीय परिवेशबारे निर्णय लिने समेत बताए।

उनले प्रदेश अध्यक्ष भएसँगै प्रदेशका ६ वटै जिल्लाको क्रिकेटको विकासमा समान रूपले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन