‘प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै संघीयता बलियो हुन्छ’ « Khabarhub

‘प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै संघीयता बलियो हुन्छ’


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाटन– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री गंगानारायण श्रेष्ठले प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै संघीयता बलियो हुने बताएका छन् ।

सञ्चार रजिस्ट्रारको कार्यालयद्वारा आज ललितपुरमा आयोजित ‘विधागत पत्रकारिता’ पुस्तक विमोचन समारोहमा उनले भने, ‘नेपालको संविधानबमोजिम बनेका प्रादेशिक संरचनालाई सृजनात्मक र गम्भीर प्रकृतिका काम कारबाहीलाई प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश सरकारले उत्साहित गर्छ । यहाँको उत्पादकीय क्षेत्रमा बागमती प्रदेश सरकारबाट आगामी दिनमा पनि सिर्जनात्मक काम भइरहने छन् ।  प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै संघीयता बलियो हुन्छ ।’ 

मन्त्री श्रेष्ठले प्रकाशित ‘विधागत पत्रकारिता’ पुस्तकले नेपालको सञ्चार क्षेत्रमा अलग्गै स्थान राख्ने भन्दै जिज्ञासु र उत्सुक पत्रकारहरूका लागि यो महत्त्वपूर्ण हुने बताए । उनले सबै लेखकहरूका लेखक र अनुभवहरूलाई समेटेर १९ वटा विधामा प्रस्तुत सामाग्री महत्त्वपूर्ण भएको बताए । ज्ञान उत्पादनका लागि निरन्तरको मेहनत त धैर्य आवश्यक हुन्छ भन्दै उनले पत्रकार ज्ञान उत्पादन गर्ने बौद्धिक श्रमिक हुन् भन्ने धारणा व्यक्त गरे ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाले सञ्चार क्षेत्रको व्यापकताका लागि बागमती प्रदेशमा मन्त्रालय नै छुट्टै हुन आवश्यक हुने बताए । उनले सञ्चार रजिस्ट्रारको कार्यालयले गरेको काम महत्त्वपूर्ण भएको धारणा राखे । 

लेखक तथा प्राध्यापक रामकृष्ण रेग्मीले पत्रकारिताका धेरै विधाहरू रहेको तर समाचार कक्षले पचाउन नसकिरहेको बताए ।

उनले पत्रकारिताको शिक्षण गर्ने र सिक्ने कार्यका लागि यो किताब महत्त्वपूर्ण हुने धारणा राखे । उनले  यो किताबको अध्ययनबाट सिर्जनशील व्यक्तित्वमा छुटेका कुरा देश र प्रदेशको आवश्यकताअनुसार खोज्ने जाँगर आउँछ भन्दै यो किताब उपयोगी पुस्तकको रूपमा महत्त्वपूर्ण भएको बताए ।

पुस्तकमा लेख लेख्ने सुरेश आचार्य, कुबेर चालिसे, बद्री प्रकाश ओझा, नितु पण्डित, दीपक सापकोटा, डा श्रीराम पौडेललगायतले पुस्तक र विधागत पत्रकारिताका बारेमा धारणा राखेका थिए । 

सञ्चार रजिस्ट्रार रेवती सापकोटाले पुस्तक पत्रकारितामा अध्ययन गरिरहेका, अभ्यास गरिरहेका सबैलाई उपयोगी हुने धारणा राख्दै सञ्चार रजिस्ट्रारको कार्यालयले अभाव भएका स्थानमा काम गर्ने काम गरेको बताए। उनले अरु थप केही विधागत विषय लेख्नका लागि जिम्मेवारी पाएका व्यक्तिहरूले जिम्मेवारी निर्वाह नगरी अन्तिममा धोका दिएका कारण समेट्न नसकेको बताउँदै आगामी दिनमा यस्ता समस्या र कमजोरीलाई समाधान गरेर जाने धारणा राखे । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ७ : ०४ बजे

रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित

रसुवा – रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका

नीति तथा कार्यक्रममा द्रुत बस सेवा : असफल प्रयोग दोहोर्‍याउने सरकारको तयारी

काठमाडौं– तत्कालीन सरकारले २०८०, असोज ३ अर्थात् संविधान दिवसको अवसरमा

सेनामाथि किन निरन्तर खनिँदैछ एमाले ?

काठमाडौं- नेकपा एमालेले वर्तमान सरकार बन्नुमा नेपाली सेनाको ठूलो हात

‘डीडीसी’बाट सित्तैमा दूध–घिउ खाने व्यवस्था तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान