ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष भएको प्रचण्डको दाबी  | Khabarhub Khabarhub

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष भएको प्रचण्डको दाबी 


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको दाबी गरेका छन् ।

 समाजवादी मोर्चाले आज शुक्रबार पोखरामा आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले माधव नेपाल निर्दोष साबित भएको नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको दाबी गरेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको र मुद्दा चलाउन नपर्ने भएपछि निर्दोष साबित गरेको प्रचण्डको दाबी छ । उनले सरकार ‘निर्दोष नफसून्, दोषी नछुटून्’ भन्ने मान्यतामा रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा धेरै खालका व्यक्तिहरू संलग्न रहेको उल्लेख गरे । क्विन्टलका क्विन्टल सुन तस्करी हुने गरेको थाहा पाएपछि सरकारले अनुसन्धान शुरु गरेको उनले बताए । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ७ : ३१ बजे

आज सीता जयन्ती मनाइँदै

काठमाडौं– आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष

नीति कार्यक्रम त पढियो, अब बजेट कसरी ?

काठमाडौं – संसदमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको

आदर्श नारी सीता पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहर : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र

आज मदन-आश्रित स्मृति दिवस

काठमाडौं – बिहीबार मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर

गर्मीमा खरबुजा खाँदै हुनुहुन्छ ? किन्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं– अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ