सर्पले किन काँचुली फेर्छ « Khabarhub

सर्पले किन काँचुली फेर्छ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

सर्प देख्दा सबैलाई डर लाग्छ । सर्प देख्दा डर लाग्नु स्वभाविक पनि हो । कतिपय सर्पहरु यति विषालु हुन्छन् कि टोकेपछि तत्काल उपचार नपाए मानिसको ज्यानै जान्छ ।

नेपालमा सर्पको टोकाइबाट वर्षेनी धेरै मानिसहरुले ज्यान गुमाउने गरेको समाचारहरू पनि हामी सुन्दै- देख्दै आइरहेका छौँ । सर्पले काँचुली फेर्ने गरेको पनि हामीलाई थाहा छ । आज हामी सर्पले किन काँचुली फेर्छ भन्ने विषयमा चर्चा गर्छौँ । यसबारे धेरैलाई थाहा नहुन सक्छ ।

जसरी मानिस कपडा फेर्छन्, त्यसरी नै सर्पले पनि काँचुली फेर्ने गर्छ । सर्पले आफ्नो छाला खराब भएपछि वर्षमा तीनदेखि चार पटकसम्म काँचुली फेर्ने गर्छ ।  काँचुली फेर्दा सर्पको छाला सफा हुने र कुनै संक्रमण भएमा पनि निको हुने गर्छ ।

जसरी पुरानो मृत छाला को ठाउँमा नयाँ छालाले ठाउँ लिन्छ, सर्पको पनि त्यस्तै पुरानो काँचुली गएपछि नयाँ काँचुली पलाउँछ । 

काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ । यस अवस्थामा सर्पको आँखा दुधिया र बादल लागेकोजस्तो देखिन्छ  ।

सर्पको आँखा त्यसबेलामा मात्र पारदर्शी झिल्लीबाहिर प्रष्टसँग देख्न सकिन्छ, जब यसले आफ्नो काँचुली फेर्छ । यसरी काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ । 

यस अवस्थामा सर्पको आँखा दुधिलो र बादल लागेकोजस्तो देखिन्छ । यसो हुनुको कारण सर्पको पुरानो काँचुलीको आँखालाई ढाक्ने पारदर्शी झिल्ली र नयाँ झिल्लीको बीचमा निस्कने तरल पदार्थ नै हो । 

यो तरल पदार्थ शरीरबाट पुरानो काँचुलीलाई त्याग्न सजिलो पार्नको लागि निस्कने गर्छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ४८ बजे

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास