सर्पले किन काँचुली फेर्छ « Khabarhub

सर्पले किन काँचुली फेर्छ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

सर्प देख्दा सबैलाई डर लाग्छ । सर्प देख्दा डर लाग्नु स्वभाविक पनि हो । कतिपय सर्पहरु यति विषालु हुन्छन् कि टोकेपछि तत्काल उपचार नपाए मानिसको ज्यानै जान्छ ।

नेपालमा सर्पको टोकाइबाट वर्षेनी धेरै मानिसहरुले ज्यान गुमाउने गरेको समाचारहरू पनि हामी सुन्दै- देख्दै आइरहेका छौँ । सर्पले काँचुली फेर्ने गरेको पनि हामीलाई थाहा छ । आज हामी सर्पले किन काँचुली फेर्छ भन्ने विषयमा चर्चा गर्छौँ । यसबारे धेरैलाई थाहा नहुन सक्छ ।

जसरी मानिस कपडा फेर्छन्, त्यसरी नै सर्पले पनि काँचुली फेर्ने गर्छ । सर्पले आफ्नो छाला खराब भएपछि वर्षमा तीनदेखि चार पटकसम्म काँचुली फेर्ने गर्छ ।  काँचुली फेर्दा सर्पको छाला सफा हुने र कुनै संक्रमण भएमा पनि निको हुने गर्छ ।

जसरी पुरानो मृत छाला को ठाउँमा नयाँ छालाले ठाउँ लिन्छ, सर्पको पनि त्यस्तै पुरानो काँचुली गएपछि नयाँ काँचुली पलाउँछ । 

काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ । यस अवस्थामा सर्पको आँखा दुधिया र बादल लागेकोजस्तो देखिन्छ  ।

सर्पको आँखा त्यसबेलामा मात्र पारदर्शी झिल्लीबाहिर प्रष्टसँग देख्न सकिन्छ, जब यसले आफ्नो काँचुली फेर्छ । यसरी काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ । 

यस अवस्थामा सर्पको आँखा दुधिलो र बादल लागेकोजस्तो देखिन्छ । यसो हुनुको कारण सर्पको पुरानो काँचुलीको आँखालाई ढाक्ने पारदर्शी झिल्ली र नयाँ झिल्लीको बीचमा निस्कने तरल पदार्थ नै हो । 

यो तरल पदार्थ शरीरबाट पुरानो काँचुलीलाई त्याग्न सजिलो पार्नको लागि निस्कने गर्छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ४८ बजे

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति

किसानलाई रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्छौँ : कृषिमन्त्री

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई

राष्ट्रसङ्घको महासभामा नेताहरुको सम्बोधन आजदेखि : इरान युद्ध र एआई प्रमुख एजेण्डा

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा आजदेखि विश्वका नेताहरुले आजदेखि

प्रसारण लाइन निर्माण : प्रभावितलाई  दश करोड ३३ लाख मुआब्जा

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइन

मौसम विभागमा पुगे गृह र ऊर्जामन्त्री, मौसमविद्सँग के भयो सल्लाह ?

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त