कर्णाली प्रदेश एमाले, भावी नेतृत्वका लागि मतदान हुँदै « Khabarhub

कर्णाली प्रदेश एमाले, भावी नेतृत्वका लागि मतदान हुँदै


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्षका उम्मेदवार मध्ये दुईले उम्मेदवारी फिर्ता लिए पछि तीन जना भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन । 

अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन । निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका थिए ।

कर्णालीमा अध्यक्षका लागि तीन जनासहित उपाध्यक्षका लागि तीन, सचिवका लागि दुई जना, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । 

कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ११ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको