एक महिनामै ४५० रुपैयाँले बढ्यो ग्यास सिलिन्डरको भाउ « Khabarhub

एक महिनामै ४५० रुपैयाँले बढ्यो ग्यास सिलिन्डरको भाउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । भाउ बढेसँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासको २१ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यसैगरी, काठमाडौंमा पेट्रोलको प्रतिलिटर १८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिददरका आधारमा मूल्य समायोजन गरिएको आयाल निगमको भनाई छ । 

चाडपर्व नजिकिएको छ । पर्वको मुखमा यसरी भाउ वृद्धि गरिंदा सर्वसाधारण भने चर्को मारमा परेका छन् । खाना पकाउने ग्याससहितका पेट्रोलियम पदार्थमा यसअघि पनि मूल्य वृद्धि गरिएको थियो । विेशेषगरी पछिल्ला २ पटक यता ग्यासको भाउ बेस्सरी बढाइएको छ ।  

१ महिनाको अवधिमा खाना पकाउने ग्यासमा मात्रै ४५० रुपैयाँ मूल्य वृद्धि भइसकेको छ । आयल निगमले भने स्वचालित मूल्य प्रणाली लागू भएको बताएको छ । इन्डियन आयल निगमको नयाँ मूल्य सूचीकै आधारमा भाउ बढाइएको दाबी गरेको छ । 

स्वचालित प्रणाली अनुसार भाउ बढ्दा बढाउने अनि घट्दा घटाउने गरिन्छ । पेट्रोलियममा भाउ वृद्धि हुँदा सार्वजनिक यातायातको भाडमा पनि प्रभाव पर्ने गरेको छ । यसैगरी, ढुवानी खर्च बढ्दा यसले समग्ररुपमै मूल्य वृद्धि गराउँछ । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ३२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले