पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए « Khabarhub

पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी– ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा गरिएको छ हप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना  पथप्रदर्शक थपिएका छन् ।

पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको तालिममा आवश्यक मापदण्ड पूरा गरी अन्तवार्तामार्फत छनोट भएका दुई सय ९८ जना सहभागी भएकामा परीक्षा उत्तीर्ण गरी दुई सय ९२ जनाले प्रमाणपत्र प्राप्त गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए।

सन् १९९८ देखि टान गण्डकीले विभिन्न समयमा गरी करिब एक हजार नौ सयलाई तालिम प्रदान गरिसकेको उनले बताए। देशको राजनीतिक उथलपुथल, प्राकृतिक प्रकोपसँगै कोरोना महामारीलगायतका कारण पदयात्रा पर्यटन क्षेत्रका मजदुर पलायन हुँदै गएका अवस्थामा गरिएको तालिम र थपिएका पदयात्रा पथप्रदर्शकबाट पोखरालाई आधार बनाएर गरिने पदयात्रासँगै समग्र नेपालको पदयात्रामा महत्त्वपूर्ण सहयोग पुुने विश्वास लिइएको उनले बताए।

पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम) पदमार्ग, पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढिरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : १५ बजे

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली