बाख्रापालनबाटै वार्षिक सात लाख आम्दानी  « Khabarhub

बाख्रापालनबाटै वार्षिक सात लाख आम्दानी 


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन् ।

उनले भने ‘बाख्रापालन व्यवसायबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।’ उनले यस वर्ष १५  बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गरेका हुन् ।  उनले भने, ‘बाख्रापालन व्यवसायबाट सन्तुष्ट छु, यही व्यवसायबाट घरपरिवार चल्दै आएको छ ।’ उनले १५ रोपनी जग्गामा घाँसखेतीसमेत गरेका छन् । बाख्रालाई घाँस आवश्यक पर्ने भएकाले मकै, कोदो रोप्ने बारीमा उन्नत जातका डाले तथा भुइँ घाँस लगाएको किसान आलेले बताए।

उनका अनुसार बडहर, राइखनियो, इपिलइपिल, मेन्दोला, कुटमेरो, भटामासे, किम्बु, निमारोलगायतका डाले तथा नेप्पियर सिओफोर, सिओ थ्री, सुपर नेपियर, मलाटो, मकैचरीलगायतका भुइँ घाँस लगाइएको छ । उनले पछिल्लो समय रु १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरी व्यवस्थितरूपमा बाख्रापालन व्यवसायलाई अगाडि बढाएका छन् ।

बाख्रा खोरमा गर्भवती बाख्रा, किशोरी बाख्रा, पाठापाठी, ब्याड बोका र सुत्केरी बाख्रा राख्ने छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । यसरी कोठामा बाख्रा राख्दा बाख्रा तुहिने समस्या नहुने र रोगबाट बचाउन सकिने उनको भनाइ छ । उनले उन्नत जातको बोयर बोकासमेत पालेका छन् । बाख्रालाई चाहिने सुष्म पोषकतत्व खनिज ढिक्का बनाएर नियमित खुवाउने गरेको उनले जानकारी दिए। नियमित खनिज ढिक्का खुवाउनाले बाख्रा फस्टाउनुका साथै खसीबोकाको तौलमा वृद्धि हुने उनको भनाइ छ । 

किसान आलेले नौ महिनादेखि एक वर्षको अवधिमा ४५ केजीभन्दा बढी तौलका खसीबोका उत्पादन गरी बिक्री गर्ने गरेको जानकारी दिए। उनका अनुसार ब्याडका रूपमा बिक्री गर्ने बोका जिउँदो प्रतिकेजी रु एक हजारका दरले बिक्री हुँदै आएको छ ।

 एउटै ब्याड बोका बिक्री गर्दा रु ४० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । मासुका लागि जिउँदो तौलको प्रतिकेजी रु पाँच सय ५० का दरले खसीबोका बिक्री भएको छ । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : ५६ बजे

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जारी हुने

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा