फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक 

By खबरहब

October 01, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७ दलको बैठक बोलाएका छन्। 

प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार भएको भेटवार्तापछि प्रधानमन्त्रीले संसद्‌मा प्रतिनिधित्व गर्ने ७ दलको बैठक बोलाएका हुन्। 

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार ११ बजे बस्ने गरी ७ दलको बैठक बोलाइए हो । 

बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने, राष्ट्रिय दलको मान्यताप्राप्त दलहरू सहभागी हुनेछन्। ७ दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने जनाइएको छ ।