कपिलवस्तुमा साढे छ क्विन्टल रक्तचन्दन बरामद « Khabarhub

कपिलवस्तुमा साढे छ क्विन्टल रक्तचन्दन बरामद


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

कृष्णनगर– जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज बिहान साढे छ क्विन्टल रक्तचन्दन बरामद गरेको छ । 

रक्तचन्दनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । 

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका– ३ का टीकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका– ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका– ३ का नीमबहादुर नेपाली रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। 

अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको छ सय ५३ किलो एक सय ५० ग्राम रक्तचन्दन बुद्धभूमि नगरपालिका–१ पत्थरकोटबाट नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । 

रक्तचन्दन  ढुवानीमा प्रयोग गरिएको लु २ च १६३९ नम्बरको बोलेरो जीप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । रक्तचन्दनको काठ र पक्राउ गरिएका व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : ३९ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७