टोखामा ‘प्रथम कर सप्ताह’ सुरु « Khabarhub

टोखामा ‘प्रथम कर सप्ताह’ सुरु


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ आजदेखि ‘प्रथम कर सप्ताह’ सुरु भएको हो ।

टोखाको प्रथम कर सप्ताहको उद्घाटनमा नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई फराकिलो बनाएर अगाडि बढाउनुपर्ने बताए ।

“हाम्रो कर प्रणालीमा समस्या छ, हामीले जनताबाट कर लिन्छौँ तर कर लिएअनुसार जनतालाई अनुभूति दिलाउने खालको योजना दिन सकेका छैनौँ”, उनले भने। कर प्रणालीमा पारदर्शिता नभएको भन्दै उहाँले कर सेवालाई प्रविधिमा लैजानुपर्नेमा जोड दिए।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताउनुभयो । उनले कर सप्ताहले राजस्व संकलन वृद्धि हुनेमा विश्वास व्यक्त गरे । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गरिएको जानकारी दिए ।

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक कर ३३ प्रतिशत, घरबहाल कर १६ प्रतिशत र अन्य शीर्षक अन्तर्गत १० प्रतिशत रहेको छ ।

आजदेखि सुरु भएको कर सप्ताहमा आज बिहान प्रभातफेरी गरिएको थियो । आगामी असोज २० गतेसम्म चल्ने कर सप्ताहमा करसम्बन्धी लोकगीत प्रतियोगिता, घरदैलो कार्यक्रम, विद्यालयमा करसम्बन्धी वतृत्वकला प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए।

कर सप्ताहको अन्तिम दिन बढी कर तिर्ने करदातालाई नगरपालिकाले पुरस्कार र सम्मान गरिनेछ । टोखा नगरपालिकामा ११ वडा छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : ४७ बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला