काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सधैँ घाटामा जाने आयल निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमप्रति प्रश्न उठाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले घाटामा जाने निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको टिप्पणी गर्दै प्रश्न उठाएका हुन् ।
उनले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य वृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाए ।
बैठकमा उनले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्तिसमेत जनाए ।
प्रतिक्रिया