सप्तरीमा १ सय वटा अवैध वाकिटकी बरामद « Khabarhub

सप्तरीमा १ सय वटा अवैध वाकिटकी बरामद


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा १ सय वटा अवैध रेडियो सेट वाकिटकी बरामद भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट आइतबार ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको वाकिटकी बरामद भएको हो ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको १ सय वटा पोर्टेबल वाकिटकी हेण्डसेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो ।

उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न सकेको छैन ।

बरामद वाकिटकी आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  २ : ५० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा