‘भ्रमपूर्ण समाचारको बिगबिगीमा व्यावसायिक पत्रकारिताको खाँचो छ’ « Khabarhub

‘भ्रमपूर्ण समाचारको बिगबिगीमा व्यावसायिक पत्रकारिताको खाँचो छ’


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका अध्यक्ष गजुरधन राईले भ्रमपूर्ण र झुटा समाचारको बिगबिगी बढेको भन्दै व्यावसायिक पत्रकारिताको अभ्यास गर्न आह्वान गरेका छन् ।

किरात राई पत्रकार सङ्घ नेपालकोे १६औँ स्थापना दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पत्रकारितामा नविनतम प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, “फेक न्युज बढेको अवस्थामा व्यावसायिक पत्रकारितामा विशेष ध्यान दिनुपर्छ ।

समाचार लेख्दा विचलित नभइ विषयवस्तुमा मुखरित भएर लेख्नुपर्छ ।” कार्यक्रममा किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताछो राईले देश विदेशमा रहेका सम्पूर्ण पत्रकारलाई शुभकामना व्यक्त गर्दै किरात राई समुदायको विषय उजागर गर्न पत्रकारको भूमिका अहम् हुने बताए । उनले भने, “यायोक्खाको अभियान र आन्दोलन सफल बनाउन किरात समुदायका पत्रकारले हातेमालो गर्नुपर्छ ।”

सङ्घका संस्थापक अध्यक्ष गणेश राईले सञ्चारसंस्था/सञ्चारमाध्यममा बढ्दो आर्थिक सङ्कटले  व्यावसायिक पत्रकारितामा चुनौती थपेको भन्दै नयाँ प्रविधिको प्रयोगलाई सामाजिक उत्तरदायित्वसहित बहन गर्न सुझाव दिए ।

सङ्घका अध्यक्ष अवतार राईले पत्रकारितामा मातृभाषलाई स्थापित गर्ने लक्ष्य लिएर सङ्घ अघि बढेको जानकारी दिए । दिवसका अवसरमा ओखलढुङ्गाका कुम्भराज राई र उदयपुरका गजेन्द्र राईलाई सम्मानपत्रसहित नगद रु १० हजारसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ३ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै