असोज १५ गते विश्व बसोबास दिवस मनाइने | Khabarhub Khabarhub

असोज १५ गते विश्व बसोबास दिवस मनाइने


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बसोबास दिवस यस वर्ष समृद्धि एवं पुनर्लाभयुक्त शहर : उत्थानशील अर्थतन्त्रको आधार भन्ने नाराका साथ मनाइने भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ गते विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व बसोबास दिवसबारे जानकारी दिएको हो ।

हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा सोमबार बिभाग र युनएन ह्याबिट्याटको संयुक्त आयोजनामा कार्यशाला गोष्ठीको आयोजना गरिएको विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक सहसचिव दिलिप भण्डारीले जानकारी दिए ।

उनले अहिलेको परिस्थितिमा शहरहरुलाई आर्थिक अवसरको केन्द्रको रुपमा बिकास गरि आत्मनिर्भर शहरी बिकासमा जोड दिन जरुरी रहेको बताए । भण्डारीले २०९० सम्ममा स्थानीय पूर्वाधार तयार गर्ने कार्यक्रममा ५ प्रतिशतमात्रै लगानी भएकाले निजी क्षेत्रको पनि सहभागीता आवश्यक रहेको बताए ।

शहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौति तथा तीव्र शहरीकरणले शहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ४ : ०० बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको