अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा चन्द्रागिरि प्रथम « Khabarhub

अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा चन्द्रागिरि प्रथम


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाले ‘अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता’ अन्तर्गत पाँच किमी जुनियर पुरुष टिममा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।

सोही प्रतियोगिताको १० किमी सिनियर महिला टिमतर्फ चन्द्रागिरिले दोस्रो स्थान हासिल गरेको छ । शनिबार एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सहआयोजनामा पहिलो पटक यहाँ सञ्चालित प्रतियोगितामा विभिन्न ४० नगरपालिकाको सहभागिता रहेको थियो ।

जुनियर टिममा एक सय ५० जना तथा सिनियर टिममा ९८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा पाँच किमी महिला जुनियर व्यक्तिगततर्फ तारकेश्वर नगरपालिकाकी अस्मिता भुजेल प्रथम र पाँच किमी महिला जुनियर व्यक्तिगततर्फ पोखरा महानगरपालिकाका कृषबहादुर परियार प्रथम भएका छन् ।

त्यस्तै १० किमी महिला सिनियर व्यक्तिगततर्फ चन्दननाथ नगरपालिकाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम र १० किमी पुरुष व्यक्तिगततर्फ हलेसी नगरपालिकाका गजेन्द्र राई प्रथम भए । अत्यन्तै रोचक प्रतिस्पर्धात्मक १० किमी सिनियर टिम महिलातर्फ भोजपुर नगरपालिका प्रथम, चन्द्रागिरि नगरपालिका द्वितीय भएको थियो भने १० किमी पुरुषतर्फ हलेसी नगरपालिका प्रथम भएको थियो ।

पाँच किमी जुनियर टिम महिलातर्फ भोजपुर नगरपालिका प्रथम र पाँच किमी पुरुषतर्फ चन्द्रागिरि नगरपालिका प्रथम भएको थियो । प्रतियोगितका विजयी खेलाडीलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले संयुक्तरूपमा ट्रफीसहित पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा राष्ट्रिय धावकद्वय वैकुण्ठ मानन्धर तथा र राजेन्द्र भण्डारीलाई सम्मानसमेत गरिएको थियो । सो अवसरमा चन्द्रागिरि नगरप्रमुख गिरीले खेलकुदका माध्यमबाट समृद्ध चन्द्रागिरि बनाउन उच्च प्राथमिकता दिएको जानकारी दिँदै यस्ता प्रतियोगिताले पर्यटन प्रवर्द्धनसमेत हुने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रतियोगिताका संयोजक तथा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि नगरपालिकाले खेलकुदको प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ४६ बजे

सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण

शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउने जग्गा तथा आवास विकास महासङ्घको विश्वास

काठमाडौं– नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषदबाट पारित भएको

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई कामपाले निःशुल्क उपचार गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क

विशेषज्ञको अभाव हुँदा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा बन्द 

काठमाडौं– विशेषज्ञको अभाव हुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा

वैश्विक पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्रसङ्घ

मड्रिड- सन् २०२५ को पहिलो नौ महिनासम्म विश्वभरि पर्यटक आवागमन