जापान पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ « Khabarhub

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापान पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जापान पठाइदिने आश्वासन दिएर ठगेको आरोपमा प्रहरीले एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ जिल्ला लेटाङ घर भई हाल काठमाडौँको धुम्बराही बस्दै आएका ५० वर्षीय डिल्लीराम खतिवडा रहेका छन् । उनले जेनुइन प्लेसमेन्ट प्राइभेट लिमिटेड मेनपावर सञ्चालन गर्दै आएका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने आश्वासन दिएर प्रतिव्यक्ति आठ लाख रुपैयाँ उठाएका थिए । उनले जापान पुगेपछि प्रतिष्ठित कन्ट्रक्सनको काम लगाइदिने र मासिक एक लाख ८० हजार तलब हुने आश्वासन दिएका थिए ।

उनले पीडितहरूबाट पटकपटक गरी ४६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ । रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : २८ बजे

डिडिसीको बिक्री कक्ष भरतपुरमा

चितवन– भरतपुरको विशाल चोकमा  दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष

दरबारमार्गको लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी– इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार

कांग्रेस सहमहामन्त्री शिवाकोटी साइबर ब्युरोभित्रै, कानून व्यवसायीलाई प्रवेशमा रोक

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको

भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

भक्तपुर– यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार