बागमती प्रदेशसभाको बैठकमा सरकारी कामकाजको भाषाको विधेयक प्रस्तुत « Khabarhub

बागमती प्रदेशसभाको बैठकमा सरकारी कामकाजको भाषाको विधेयक प्रस्तुत


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक छलफलका लागि टेबुल गरेका छन् ।

उक्त बैठकमा विशेष समय माग गरी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेशसभामा केही दिनअघि बसेको बैठकमा विशेष र शून्य समयमा सदस्यहरूले उठाएका राष्ट्रिय सरोकारसँग सम्बन्धित प्रश्नहरूको आज उत्तर दिँदै प्रदेश सरकारले आफ्नो सीमित स्रोत साधनलाई सदुपयोग गरी सरकारको कार्य सम्पादनलाई इमान्दारीपूर्वक कार्यान्वय गर्दै आइरहेको बताए ।

उनले सरकारले यसै चालु आर्थिक वर्षभित्र कुनै पनि नयाँ सवारीसाधनको खरिद नगरिएको र सरकारलाई आर्थिक भार पर्ने खालको कुनै अनावश्यक कार्य नगरिएको पनि स्पष्ट पारे । मन्त्री लामाले देशमा यदाकदा चिकित्सकहरूमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति सरकारले गम्भीरतापूर्वक ग्रहण गरेको र ती अभियुक्तहरूलाई कारबाही गर्न सङ्घीय सरकारले कदम चालेको र त्यसका लागि प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहकार्य गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि प्रोत्साहन र सुरक्षा प्रदान गर्ने प्रदेश सरकारको नीति रहेको बताए ।

उनले सामाजिक सञ्जालमा लेखिएको समाचारको आधारलाई सत्य हो वा होइन भन्ने अनुसन्धान गर्ने सरकारी निकायहरू रहेको उल्लेख गर्दै आफ्नो पार्टीका तर्फबाट मन्त्री नियुक्त भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामा कुनै सुन काण्डमा संलग्न नरहेको र दोषी पाएमा कानूनबमोजिम सजाय भोग्नुपर्नेतर्फ संसदमा स्पष्ट पारे । मन्त्री लामाले बडा दसैँको उपलक्ष्यमा बजारमा रहेका सबै पसलमा मूल्यसूची राख्नुपर्ने र सर्वसाधारणहरूलाई लत्ताकपडा, खाद्यान्न, मसला, तेललगायत तरकारीहरू सुपथ मूल्यमा उपलब्ध गराउन स्थानीय प्रशासनमार्फत सबै जिल्लामा व्यवस्थापन मिलाउन सरकारले निर्देशन दिइसकेको बताए ।

सरकारले सबै दलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार एवं विपन्न नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको आफ्नो क्षमताअनुसार स्रोतसाधन परिचालन गर्नेतर्फ प्रतिबद्ध रहेको उनले उल्लेख गरे । सोही बैठकमा जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामाले केही दिनअघि विभिन्न पत्रिकामा आएको समाचारलाई आधार बनाई आफू सुन कारोबारमा संलग्न रहेको भनी आएको चर्चा–परिचर्चा सत्य नभएको स्पष्ट पार्दै आफूले प्रेस विज्ञप्तिमार्फत सबै सत्यतथ्य सार्वजनिक गरिसकेको पनि जानकारी दिए ।

उनले आफूलाई लागेको आरोपमाथि सम्बन्धित निकायको अनुसन्धान गर्ने निकायहरूबनाट आफूलाई सोधपुछ अथवा कुनै पक्राउ पुर्जी जारी नभएको पनि उल्लेख गर्दै आफूमाथि लागेको आरोपको सत्यतथ्य प्रमाणित गरी अघि बढाउन नेपाल प्रेस काउन्सिलमा आफूले उजुरी दर्ता गरेको पनि बताए । मन्त्री लामाले आफू राजनीतिक दलको इमान्दार कार्यकर्ता भएको र आफुले गर्दै आएको समाजसेवा र राजनीतिप्रति वितृष्णा उत्पन्न गर्नका निमित्त केही सञ्चारगृहहरू आफूमाथि प्रयोग भएकामा दुःख व्यक्त गरे ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ५२ बजे

बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…

काठमाडौं– सर नमस्कार म बोलेको (नाम मर्यादाका लागि गोप्य) ।

जनकपुर बोल्ट्सले बिहीबार आमा नामको जर्सी लगाउने (तस्बिरहरू)

जनकपुर– एनपीएल दोस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबारको खेलमा आमालाई

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा नयाँ आतंकवाद विरोधी अपरेसन सुरु

जेरुसेलम– इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा

बिहे, ब्रतबन्ध र घुम्न जाँदा पनि स्थानीय तहका गाडी, सतर्कता केन्द्रले भन्यो : दुरुपयोग रोकौँ

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले देशभरका स्थानीय तहमा भइरहेको सरकारी सवारी

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखबढी कमाइ

काठमाडौं– नेपाली फिल्म ‘परान’ले अन्तर्राष्ट्रिय बजारमा पनि ठूलो सफलता हासिल