भोजपुरमा तीन महिनामा भत्किएको सडक पुनः मर्मत हुँदै « Khabarhub

भोजपुरमा तीन महिनामा भत्किएको सडक पुनः मर्मत हुँदै


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा निर्माण भएको तीन महिनामै भत्किएको कालोपत्र सडक दबाबपछि पुनः मर्मत हुने भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, आयोजनाका प्रतिनिधि, निर्माण व्यवसायी, जनप्रतिनिधिसहित सरोकारवाला निकायको बैठकले भत्किएको सडक पुनः निर्माण गर्ने निर्णय गरेको हो ।

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडकखण्डको साढे चार किलो मिटर सडक बनेको तीन महिनामा नै भत्किएपछि पुनःनिर्माणका लागि निर्माण कम्पनीलाई दबाब बढेको थियो । सो सडक रौताहा–रामसागर विल्डर्स जेभीले निर्माण गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राईले भने, “सडकको अनुगमन गर्दा तोकिएको मापदण्डअनुसार सडक बनेको नदेखिएकाले निर्माण कम्पनीले पुनःनिर्माण गर्नुपर्ने थियो तर निर्माणमा संलग्न कम्पनी र आयोजनाका प्रतिनिधिसहितको बैठकबाट समस्या समाधान गर्ने निर्णय भएको छ, भत्किएको सडक मर्मत गर्ने कुरा भएको छ अब त्यसका लागि हामी सबैको दबाब जरुरी छ ।” विगतदेखि नै मापदण्डअनुसार सडक निर्माण नभएको आवाज उठाउँदै आएकाले बनिसकेर भत्किएको सडक दसैँ–तिहारको आसपाससम्म बनाइसक्ने निर्णय भएको भोजपुर नगरपालिका–५, बोखिमका वडा सदस्य नीरप्रसाद फुयालले जानकारी दिए ।

बैठकमा समन्वय प्रमुख राई, प्रजिअ हरिप्रसाद घिमिरे, वडाध्यक्ष फविन्द्र प्रधान, वडा सदस्य फुयाल, कामु आयोजना व्यवस्थापक वीरबहादुर रावत, निर्माण कम्पनीका दिव्य पौडेल, गणेश पौडेल, इञ्जिनीयर ओमकान्त ढकाल, राजन श्रेष्ठका साथै स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

सडकको विषयमा धैरै गुनासो आएपछि समन्वय प्रमुखसहित सडकको अनुगमन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले मापदण्डअनुसार निर्माण कार्य नभएको पाइएपछि सम्बन्धित निकायमा सो विषयमा बुझ्ने काम गरिएको बताए । उनका अनुसार भत्किएको सडकका भाग पुनःनिर्माण गर्ने सहमति भएको छ ।

जनताको करबाट सञ्चालन हुने योजनाको बेथिति रोक्न सबै सरोकारवाला निकायले खबरदारी गरिरहन आवश्यक रहको वडाध्यक्ष प्रधानले बताए । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत रु १० करोड ५० लाखमा सो सडकको निर्माण कार्य भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : ०५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्