भोजपुरमा तीन महिनामा भत्किएको सडक पुनः मर्मत हुँदै « Khabarhub

भोजपुरमा तीन महिनामा भत्किएको सडक पुनः मर्मत हुँदै


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा निर्माण भएको तीन महिनामै भत्किएको कालोपत्र सडक दबाबपछि पुनः मर्मत हुने भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, आयोजनाका प्रतिनिधि, निर्माण व्यवसायी, जनप्रतिनिधिसहित सरोकारवाला निकायको बैठकले भत्किएको सडक पुनः निर्माण गर्ने निर्णय गरेको हो ।

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडकखण्डको साढे चार किलो मिटर सडक बनेको तीन महिनामा नै भत्किएपछि पुनःनिर्माणका लागि निर्माण कम्पनीलाई दबाब बढेको थियो । सो सडक रौताहा–रामसागर विल्डर्स जेभीले निर्माण गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राईले भने, “सडकको अनुगमन गर्दा तोकिएको मापदण्डअनुसार सडक बनेको नदेखिएकाले निर्माण कम्पनीले पुनःनिर्माण गर्नुपर्ने थियो तर निर्माणमा संलग्न कम्पनी र आयोजनाका प्रतिनिधिसहितको बैठकबाट समस्या समाधान गर्ने निर्णय भएको छ, भत्किएको सडक मर्मत गर्ने कुरा भएको छ अब त्यसका लागि हामी सबैको दबाब जरुरी छ ।” विगतदेखि नै मापदण्डअनुसार सडक निर्माण नभएको आवाज उठाउँदै आएकाले बनिसकेर भत्किएको सडक दसैँ–तिहारको आसपाससम्म बनाइसक्ने निर्णय भएको भोजपुर नगरपालिका–५, बोखिमका वडा सदस्य नीरप्रसाद फुयालले जानकारी दिए ।

बैठकमा समन्वय प्रमुख राई, प्रजिअ हरिप्रसाद घिमिरे, वडाध्यक्ष फविन्द्र प्रधान, वडा सदस्य फुयाल, कामु आयोजना व्यवस्थापक वीरबहादुर रावत, निर्माण कम्पनीका दिव्य पौडेल, गणेश पौडेल, इञ्जिनीयर ओमकान्त ढकाल, राजन श्रेष्ठका साथै स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

सडकको विषयमा धैरै गुनासो आएपछि समन्वय प्रमुखसहित सडकको अनुगमन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले मापदण्डअनुसार निर्माण कार्य नभएको पाइएपछि सम्बन्धित निकायमा सो विषयमा बुझ्ने काम गरिएको बताए । उनका अनुसार भत्किएको सडकका भाग पुनःनिर्माण गर्ने सहमति भएको छ ।

जनताको करबाट सञ्चालन हुने योजनाको बेथिति रोक्न सबै सरोकारवाला निकायले खबरदारी गरिरहन आवश्यक रहको वडाध्यक्ष प्रधानले बताए । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत रु १० करोड ५० लाखमा सो सडकको निर्माण कार्य भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : ०५ बजे

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट रोकाय र थापा निर्विरोध

काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट बाजुराका

एमालेको महाधिवेशनमा प्रयोग हुनेछ ८० वटा भोटिङ मेसिन

काठमाडौँ- नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय

काश्मीर आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय अधिकारीहरुको ठहर

नयाँदिल्ली – भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित