न्यूजिल्यान्डका प्रधानमन्त्री कोरोना सङ्क्रमित « Khabarhub

न्यूजिल्यान्डका प्रधानमन्त्री कोरोना सङ्क्रमित


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन- न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सलाई कोभिड–१९ सङ्क्रमण भएको छ । उनको पछिल्लो कोरोना परीक्षण प्रतिवेदनले सङ्क्रमण पुष्टि गरेको अल जजीराले आइतबार जनाएको छ ।

आफ्नो आम चुनावी अभियानमा दुई सातामात्र बाँकी रहेका बेला प्रधानमन्त्री हिपकिन्सलाई शनिबार रुघाखोकी र फ्लूको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना सङ्क्रमण भएको घोषणा आइतबार गरेका हुन् ।

चुनावी अभियान र प्रचारप्रसार अब ‘अनलाइन’ बाटै सञ्चालन गर्ने प्रधानमन्त्री हिपकिन्सले बताएका छन् । आफू एकान्तबासमा रहेको र पूर्ण स्वास्थ्य लाभ नगरेसम्म बाहिर ननिस्कने जानकारी शुभेच्छुक एवं समर्थकहरूलाई दिएका छन् । उनले देश र जनताका खातिर दोब्बर मेहनत गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : १२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया