‘पाकिस्तान अधिनस्थ कश्मीरमा बस्नेहरुलाई जबरजस्ती अरु देशमा पलायन हुन बाध्य पारियो’ « Khabarhub

‘पाकिस्तान अधिनस्थ कश्मीरमा बस्नेहरुलाई जबरजस्ती अरु देशमा पलायन हुन बाध्य पारियो’


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जेनेभा- पाकिस्तान अधिनस्थ कश्मीरमा बसोबास गर्नेहरुलाई जबरजस्ती अन्य मुलुकमा पलायन हुन बाध्य पारिएको खुलासा भएको छ ।

स्विट्जरल्याण्डको जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा शोधकर्ता एवम् कश्मीरी अभियन्ता जुनेद कुरेशीले पाकिस्तान अधिनस्थ कश्मीरका मानिसहरुलाई विदेश पलायन हुन बाध्य पारिएको बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार केही महिनाअघि ग्रीसको तटपारी ७५० जना बोकेको डुङ्गा दुर्घटनाको उदाहरण दिँदै उनले उक्त डुङ्गामा सवार ३ सय जनामध्ये पाकिस्तान अधिनस्थ कश्मीरका मात्रै १३५ जना रहेको जनाए ।

यस्ता भयानक दुर्घटनाहरु पाकिस्तानी नागरिकका लागि बारम्बार दोहोरिने गरेको उनको भनाइ छ । पाकिस्तान अधिनस्थ कश्मीरमा बढ्दो बेरोजगारी, आर्थिक मन्दी, राजनीतिक एवम् जलवायु संकटका कारण मानिसहरु पलायन बाध्य हुने गरेको उनको भनाइ छ ।

उनले मानव तस्करी पाकिस्तानमा उद्योगको रुपमा विकसित भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  २ : ५२ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट