जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति बढ्यो : माधव नेपाल « Khabarhub

जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति बढ्यो : माधव नेपाल


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पु¥याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु गरिएको बताएका छन् ।

पूर्वी नाका काँकरभिट्टाबाट आजदेखि सुरु गरिएको एकीकृत समाजवादी जागरण अभियान २०८० मेची–महाकाली यात्राको उद्घाटन गर्दै उहाँले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य ध्येयले जागरण अभियान सुरु गरिएको बताए।

जनताको चाहना र भावनालाई सम्बोधन गरी विशाल हृदयका साथ सबैलाई साथमा लिएर एकताबद्ध बनाएर अगाडि बढ्ने पक्ष उनको भनाइ थियो । अध्यक्ष नेपालले भने, “समाजवादी जागरण अभियानमार्फत देशभक्तिको झन्डा फहाराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाका निम्ति लड्ने र संविधानलाई बलियो बनाउनका लागि जनतामा जागरण पैदा गर्नेछौँ ।”

देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीहरूमा हुर्किरहेकाले यसको अन्त्य गर्न आवश्यक रहेको उनको धारणा थियो । उनले राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : ०२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको