रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने | Khabarhub Khabarhub

रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिट हिजो हेर्दाहेर्दैमा राखिएको थियो । रिटमा अब निरन्तर सुनुवाइ हुनेछ । 

हिजो भएको सुनुवाइमा सरकारी पक्षबाट बहस भएको थियो । हिजो महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए ।  बाँकी सुनुवाइ  आज हुनेछ ।

संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट योगराज ढकाल (रिगल)को कैद मिनाहा भएको थियो । 

राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतनकी पत्नी भारती शेर्पाले असोज २२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । 

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशानस कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र रिगल ढकाललाई विपक्षी बनाएकी बनाइएको छ ।

यसअघि असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाइ भएको रिटमा बहस जारी रहँदा महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले प्रश्न उठाएपछि रोकिएको सुनुवाइ हिजोबाट पुनः सुरु भएको हो । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : २३ बजे

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली