इजरायलसँग छैन प्रष्ट योजना | Khabarhub Khabarhub

इजरायलसँग छैन प्रष्ट योजना


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मध्यपूर्वमा महत्त्वपूर्ण परिवर्तन हुने कुरा बताएका छन् । अमेरिकी राष्ट्रपति जो वाइडेनलेपछि नहट्न भनी सकेका छन्। इजरायल अहिले गाजामा युद्ध छेडी रहेको छ। त्यो पनि पूर्ण जोड बलले। तर विज्ञको चेतावनी पनि छ कि युद्धपछि कता जाने भन्नेमा इजरायलको कुनै योजना नै छैन।

७ अक्टोबरको दर्दनाक अवस्थापछि इजरायली नेतृत्वले बारम्बार सैन्य शक्तिको रूपमा र राजनीतिक शक्तिको रूपमा हमासको कुनै अस्तित्व नै नरहने कुरा बताइरहेका छन्। अहिलेको अवस्थामा त्यो भनाइ कसरी प्राप्ति हुने भन्ने बारेमा कुनै प्रस्ट बाटो देखिएको छैन। ‘यस्तो ऐतिहासिक गतिविधि प्रत्येक दिनको योजना बिना अघि नबढी हुँदैन,’ तेल अभिभ विश्वविद्यालयमा रहेको प्यालेस्टाइन स्टडीज फोरमका प्रमुख डा. माइकल मिल्सीन्टेनले भने।

इजरायली मिलिटरी इन्टलीजेन्सका प्यालेस्टाइन अफेयर्स विभागका पूर्व प्रमुख मिल्खीस्टेन इजरायलको योजना अझै सुरु हुन बाँकी रहेको हो कि भन्ने कुराले चिन्तित छन्। उनी तत्कालै योजनाबद्ध रूपले अघि बढ्नु आवश्यक रहेको बताउँछन्। पश्चिमा निकायले इजरायलसँग भविष्यका बारे वार्ता सुरु भइसकेको बताउँछन्। तथापि सबै कुरा अस्पष्ट नै छ।

‘त्यहाँ कुनै निश्चित योजना छैन,’ एक जनाले भने ‘कागजमा निश्चित योजना बनाउन केही समय लाग्छ। तर त्यसलाई पूर्ण कार्यान्वयन गर्न धेरै लामो समय लाग्न सक्छ।’ गाजाको धेरै क्षेत्रमा हमासको पकड भएकाले त्यसलाई निर्मूल पार्न साँच्चै महत्त्वपूर्ण सैन्य रणनीतिको आवश्यकता पर्छ।

‘त्यहाँ युरोपेली युनियनको फोर्स हटेपछि गाँजामा कुनै निश्चित योजनाको आधार नै देखिएका छैनन्,’ इजरायल फरेन इन्टलीजेन्स सभिर्षसँग समन्वय गर्ने पूर्व वरिष्ठ अधिकारी हाइम टमर बताउँछन्।

इजरायल धेरै कुरा हो। तर, सर्वसम्मति भने होइन। हमासको हार आवश्यक पनि छ। ७ अक्टोबरको नर संहार सामान्य रूपमै पनि आलोचना योग्य छ। सो संस्थालाई फेरि गाजामा शासन गर्न अनुमति दिनु पनि हुँदैन। मिन्सीन्टेनकै विचारमा अहिलेको इजरायलको शैलीले हमास तत्काल निर्मूल हुन भने कठिन छ।

इराकमा सन् २००३ मा सद्याम हुसेनको विरुद्धमा अमेरिकाले सम्पूर्ण शक्ति लगाएको थियो। अमेरिकाले शक्ति लगाएपछि सैन्य क्षेत्रमा धेरै जनाले कामसमेत छाडेका थिए। यसले त्यहाँ आपत्काल नै निम्तिएको थियो।

त्यस समयका अमेरिकी भेट्रानहरु अहिले इजरायलमा छन्। उनीहरू त्यस समयको खासमा फलुजा र मसुल लगायत स्थानमा भएको आक्रमणको अनुभव सुनाउँदै छन्। ‘उनीहरूले इराकमा भएका केही डरलाग्दा गल्तीका बारे पनि इजरायललाई सुनाउने छन्’, मिल्सीन्टेनल भने।

एउटा कुरा के साँचो हो भने अन्य देशको सत्तारुढ दल र जनताको मन बदल्ने कुरा पक्कै पनि सहज हुँदैन। यस कुरामा प्यालेस्टाइनीहरु पनि सहमत छन्।

‘हमास तल्लो तहसम्म फैलिएको लोकप्रिय सङ्गठन हो,’ प्यालेस्टाइन राष्ट्रिय इनीसेटिभका प्रमुख मुस्ताफा बर्गाउटीले भने, ‘उनीहरूले हमासलाई समाप्त पार्नुपर्छ र गाँजालाई शुद्ध बनाउनुपर्छ।’

अहिले गाजा क्षेत्रबाट हजारौँ जना प्यालेस्टाइनीहरु इजिप्ट लगायत सीमावर्ती देशतर्फ जाने वातावरण बनेको छ। यो साँच्चै पीडा र चिन्ताको विषय हो। इजरायलीले आफ्नो वासस्थानको खोजी गर्दा धेरै जना यस अगाडि नै आप्रवासी भइसकेका छन्। धेरैले सन् १९४८ को दर्दनाक अवस्थाको स्मरण गर्न थालेका छन्।

‘पलायन भनेको एक पक्षीय टिकट लिनु हो ,’ प्यालेस्टाइन लीबरेसन अर्गनाइजेसनका पूर्व प्रवक्ता डियना बुटुले भनेकी छन्। वरिष्ठ इजरायली अधिकारीहरूले प्यालेस्टाइनीहरुका लागि सीमा पार सिनाईमा अस्थायी आवास गृह बनाउनु पर्ने मत राखेका छन्। २० अक्टोबरको दिन अमेरिकी संसदमा राष्ट्रपति वाइडेनले युक्रेन र इजरायललाई सहयोगको प्रस्ताव राखेका थिए। यसले अब अमेरिकाकै सहयोगमा इजरायलको प्यालेस्टाइनमा आक्रमण निरन्तर रहने र युद्ध लामो समय जाने हो कि भन्ने चिन्ताले छुन थालेको छ।

यसले अन्तर्राष्ट्रिय क्षेत्रमा आप्रवासी समस्या बढाउने तथा उच्च मानवीय आवश्यकता बढाउने त होइन भन्ने चिन्ताले सताउन थालेको छ। अहिलेसम्म इजरायलले प्यालेस्टाइनलाई देश छाड्न भनेको छैन। इजरायली सुरक्षा निकायले बारम्बार दक्षिण तर्फको सुरक्षित स्थानमा जानका लागि भनी रहेको छ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसले भने गाजामा इजरायलको युद्धले इजिप्टतर्फ धेरै मान्छे धकेलिने सम्भावना रहेको चेतावनी दिइरहेका छन्। गाजाबाट सबै बासिन्दा गएपछि कसलाई शासन गर्ने भन्ने अहिलेको प्रमुख चिन्ताको विषय हो।

इजरायलले प्यालेस्टाइनमा अमेरिका, इजिप्ट र साउदी अरेबियाको पहलमा एक प्रशासनिक संयन्त्र निर्माण गरेर शासन गरिने सन् २००६ मा हमासले निर्वाचनमा जित हात पारेपछि हिंसक रूपमा त्यहाँबाट हटाइएको फताहको पनि त्यहाँ उपस्थिति र संलग्नता हनसक्छ। फताहले प्यालेस्टाइनी अधिकारीलाई निगरानीमा राख्दै वेस्ट बैङ्कको सहर रमालाहमा शासन गरेको थियो।
तर प्यालेस्टाइनी अटोरेटीज तता यसका राष्ट्रपति मोहम्मद वेस्टबैंक र गाँजा क्षेत्रमा अलोकप्रिय थिए। डियना बुटुका विचारमा प्यालेस्टाइनी अथोरेटीजका नेतृत्व फेरि गाजामा प्रवेश गर्ने प्रयास गरे पनि अहिले धेरै कुरा सन् १९९० को दशकमा जस्तो इजरायली ट्याङ्कमा पुगेको छ।

सन् १९९० मा पिएमा आबद्ध प्यालेस्टाइनी राजनीतिज्ञ हनना अस्रारीले प्यालेस्टाइनले कसरी आफ्नो जीवन चलाएका छन् भन्ने कुरा इजरायलले बुझ्न जरुरी रहेको बताएका छिन्। ‘कसैले यो चेस बोर्ड केही सिपाही चले पछि अन्त्यमा चेक मेट भए जस्तो हुन सक्दैन।’

पूर्व मोसादका अधिकृत हाइम टमरको विचारमा त्यहाँका घाइते र पीडित तथा अन्य बाहिर जान चाहनेलाई मौका दिन एक महिना युद्ध रोक्नु सही हुने बताउँछन्। अहिले हमासको भविष्य र प्यालेस्टाइनको भविष्य अनिश्चित छ। इजिप्टका अधिकारी अहिले चुपचाप बसेका छन्।

यस युद्धमा लिइएका हरेक नीति सही नभएका दीर्घकालीन रूपमा इजरायलले नै महँगो मूल्य चुकाउनु पर्ने बाध्यता रहेको धेरै विज्ञको मत छ। लामो समयको युद्ध विराम गर्ने या एकै पटक पूर्ण शक्ति लगाएर आक्रमण गर्ने भन्ने इजरायलको कुनै मत देखिएको छैन। सायद यो नै इजरायलका लागि लामो समयका लागि घाँटीमा अड्केको हड्डी नै बन्न सक्ने छ।
स्रोतः बीबीसी

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ८ : १६ बजे

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार