अनुचित लेनदेनका उजुरी माथि छलफल | Khabarhub Khabarhub

अनुचित लेनदेनका उजुरी माथि छलफल


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन जिल्ला प्रशासन कार्यालयमा परेका अनुचित लेदनेद (मिटर ब्याजी) विरुद्धका उजुरीमध्ये ६९ उजुरीमाथि छलफल भएको छ ।

तीसमध्ये १९ उजुरीको फछ्र्योट भएको हो । जिल्ला प्रशासनमा विसं २०८० साल वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ वटा मिटर ब्याजीका उजुरी परेका थिए ।

कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार जिल्लामा दर्ता भएका मिटर ब्याजका निवेदन फछ्र्योट भएको निवेदनमा पीडित पक्ष र पीडक पक्ष दुवैको छलफल गरी मिलापत्र गरिएको हो ।

छलफलका क्रममा कतिपय निवेदनमा सावाँमात्रै लिने, कतिपयमा चलनचल्तीको दरमा ब्याज लिने सहमति भएको छ । उनका अनुसार दुवै पक्षको सहमतिमा मिलापत्र भएको हो ।

सो अवधिमा मिटर ब्याजीसम्बन्धी परेका निवेदनमध्ये एक करोड ३४ लाख ६ हजार आठ सय ५० बराबरको उजुरीको मिलापत्र गरिएको हो ।

निवेदकले लिएको रकम र साहुले लिएको रकम हेरेर बैंकको ब्याजका हिसाबले सो रकम बराबरको मिलापत्र गरिएको हो । एकजना पीडितले दुई कठ्ठा जग्गा फिर्ता पाएका छन् । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको थियो ।

यहाँ परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका छन् । पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको जनाउँदै उजुरी परेको श्रेष्ठले जानकारी दिए । अधिकांशले जग्गा फिर्ता गरीपाउँ भनी निवेदन दिएका छन् ।

परेका उजुरीमा छलफल भइरहेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । छलफलका क्रममा रहेका उजुरीमा समेत सहमतिको प्रयास भइरहेको उनको भनाइ छ ।

यसअघि गृह मन्त्रालयले विसं २०७९ साउन २८ देखि भदौ ५ गतेसम्म मिटर ब्याजीविरुद्ध उजुरी आह्वान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए ।

यसमध्ये एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ भने अन्य २४ अनावश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ४१ बजे

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

अत्तरिया– सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

टोकियो- अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले

मधेस प्रदेश लोकसेवा आयोगको दोहोरो नीतिले बढुवामा समस्या

जनकपुरधाम– मधेस प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिका कारण मधेस

लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेसमा प्रवेश, देउवाले दिए सदस्यता कार्ड

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका पूर्वमहामन्त्री देवेन्द्रकुमार यादवले नेपाली

लोमसको टिनिडाजोल ट्याब्लेज कम गुणस्तर भएको भन्दै बजारबाट फिर्ता गर्न विभागको निर्देशन 

काठमाडौं– काठमाडौंस्थित लोमस फार्मास्युटिकलद्धारा उत्पादित टिनिडाजोल ट्याब्लेट गुणस्तरहीन भेटिएको भन्दै