राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि माघमा निर्वाचन गर्न आयोगको प्रस्ताव « Khabarhub

राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि माघमा निर्वाचन गर्न आयोगको प्रस्ताव


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि आगामी माघमा निर्वाचन गर्न प्रस्ताव गरेको छ । 

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रस्ताव गरेका हुन् ।

उनले माघ दोस्रो साताभित्र चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताए ।  निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे अन्तिम निर्णय गर्दछ ।

यस्तै प्रतिनिधिसभामा रिक्त एक, प्रदेशसभाका २ र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको उनको भनाइ छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पद रिक्त हुँदैछ । सदस्य रिक्त हुनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १२ : २३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति