राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि माघमा निर्वाचन गर्न आयोगको प्रस्ताव « Khabarhub

राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि माघमा निर्वाचन गर्न आयोगको प्रस्ताव


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि आगामी माघमा निर्वाचन गर्न प्रस्ताव गरेको छ । 

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रस्ताव गरेका हुन् ।

उनले माघ दोस्रो साताभित्र चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताए ।  निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे अन्तिम निर्णय गर्दछ ।

यस्तै प्रतिनिधिसभामा रिक्त एक, प्रदेशसभाका २ र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको उनको भनाइ छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पद रिक्त हुँदैछ । सदस्य रिक्त हुनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १२ : २३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका