वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या | Khabarhub Khabarhub

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा प्राविधिक समस्या आएको छ ।

उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवं अन्य काम गर्न नसकिएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएकाले पुनःसञ्चालनको लागि काम भइरहेको छ ।  

फेमिसमा देखिएको समस्याकै कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको उनले बताए। अधिकृत शाहीले, ‘काम पूर्णरुपमा असर परेको छैन, केही समस्या भएको छ, प्राविधिक साथीहरूले केही दिन यतादेखि काम गरिरहेका छन् ।’

यसैगरी विभागले एक सूचना जार गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक सेक्सनलाई स्किप गर्ने र ओरेन्टेशन सेक्सनको लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरुबाट जारी गरेको दुई दिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र फेमिस प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्नु गराउन हुन सबैलाई अनुरोध पनि गरेको छ । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  २ : २७ बजे

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा

हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व

बागमती– हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन

ब्राजिलका लागि नेपाली राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं– ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले शुक्रबार (आज) पेरुका