अवैध लागूऔषधसहित चारजना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित चारजना पक्राउ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बाँके र कैलालीका छुट्टाछुट्टै स्थानबाट चारजनालाई  प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूमध्ये बाँके कोहलपुर नगरपालिका-१५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम उक्त पदार्थसहित सोही ठाउँ बस्ने १९ वर्षीय अनुप थारूलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका-६ मैमानपुरबाट ८ ग्राम ५ मिलिग्राम उक्त पदार्थसहित भे.प २७७७ नम्बरको मोटरसाइकलमा सवार नरैनापुर गाउँपालिका-३ बालापुर बस्ने २० वर्षीय हसिब खाँ र २० वर्षीय सैबाज खाँलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

कैलालीकै टीकापुर नगरपालिका-८ खक्रौलाबाट ५ ग्राम ४ सय ४० मिलिग्राम उक्त पदार्थसहित यूपी ३१ बिवाई २७२८ नम्बरको मोटरसाइकलमा सवार भारत लखिमपुर खिरी तिकुनिया ठाना ईन्द्रनगर बस्ने ३५ वर्षीय प्रेम सिंहलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : २९ बजे

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा