सत्तरी दिनमै सयपत्री फूल तयार « Khabarhub

सत्तरी दिनमै सयपत्री फूल तयार


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

दमौली–  तनहुँको आँबुखैरेनी गाउँपालिकामा रोपेको ७० दिनमै सयपत्री फूल बिक्रीका लागि तयार भएको छ । यहाँका दुई महिला समूहले लगाएको सयपत्री फूल बिक्रीका लागि तयार भएको हो ।

गाउँपालिकाको सहयोगमा दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको थियो । आँबुखैरेनी–१ यान्चोक आमा समूहमार्फत १२ रोपनी तथा आँधीमूल आमा समूहमार्फत सात रोपनीमा सयपत्री फूलखेती गरिएको थियो । दुवै समूहलाई फूलको बिरुवा उपलब्ध गराएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । गत साउन २० गते यान्चोकमा १२ हजार र आँधीमूलमा आठ हजार बिरुवा रोपिएका थिए ।

‘सयपत्री फूल फुलेपछि टिप्न थालिएको छ । अहिले फुलेको सयपत्री मङ्सिरसम्म टिप्न सकिन्छ’, उनले भने। सयपत्री फूल हाल प्रतिकिलो रु दुई सयका दरले बिक्री भइरहेको छ । एउटा माला रु ८० सम्ममा बिक्री हुने गरेको छ । यस वर्ष रु १० लाखको फूल बिक्री हुने अनुमान गरिएको छ । 

स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन्। उनले भने, ‘पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।’

गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको अध्यक्ष चुमानको भनाइ छ ।  

यहाँ फूलखेती सुरु गरिए पछि बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आले मगरले बताए। उनले भने, यस्तै आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आबद्ध गराई फूलखेती थालिएको बताए। 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि