विजय कठिन तर निश्चित छ : नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदी « Khabarhub

विजय कठिन तर निश्चित छ : नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदी


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानस्थित आफ्नो जेलको कोठाबाट गोप्य रूपमा आफन्तमार्फत् विश्वसामु पठाएको सन्देशमा विजय कठिन तर निश्चित रहेको बताएकी छिन् ।

उनको सन्देश मङ्गलबार प्रकाशित भएको थियो । सन्देशमा उनले भनेकी छिन्, “विजय सजिलो छैन, तर यो निश्चित छ ।”

उनकी छोरी कियाना रहमानीले फ्रान्सेली भाषामा पढेर सुनाएको र नोबेल पुरस्कार समितिको आधिकारिक वेबसाइटमा पोस्ट गरिएको सन्देशमा ५१ वर्षीया सामाजिक अभियन्ता तथा पत्रकार मोहम्मदीले नर्वेली नोबेल समितिप्रति ‘हार्दिक कृतज्ञता’ व्यक्त गरेकी छन् ।

“इरानमा महिलामाथि भइरहेको उत्पीडनविरुद्ध लडेको’ भन्दै उक्त पुरस्कारका लागि छानिएकी मोहम्मदीले इरानमा महिलाले हिजाब लगाउनुपर्ने प्रावधानको फेरि एकपटक आलोचना गर्दै सन्देशमा इरानी अधिकारीको निन्दा गर्नुभएको छ,” उनले आफ्नो परिवारसहित फ्रान्समा शरण लिएकी १७ वर्षीया छोरीमार्फत सम्प्रेषित पत्रमा उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, “अनिवार्य हिजाब समाजमाथि थोपरिएको नियन्त्रण र दमनको साधन हो र यसमा यो इस्लामिक अधिनायकवादी धार्मिक शासनको निरन्तरता र अस्तित्व निर्भर गर्दछ ।”

उनले ४५ वर्षदेखि इरानी समाजमा अभाव र गरिबीलाई संस्थागत गर्ने शासनको निन्दा गर्दै यो ‘झूट, छल, धूर्तता र धम्कीमा आधारित’ भएको बताएकी छन् ।

दर्जनौँ पटक पक्राउ परी पाँच पटकसम्म जेल सजाय पाएकी सन् २०२१ देखि पुनः इरानी जेलमा परेकी मोहम्मदी इरानमा ‘महिलाहरूको स्वतन्त्र जिउन पाउनुपर्ने’ विद्रोहको नेतृत्व गर्ने साहसी केही इरानी महिलामध्ये एक हुन्।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ०१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार