महिलाले देब्रे नाक नै छेड्नुको कारण के हो ? « Khabarhub

महिलाले देब्रे नाक नै छेड्नुको कारण के हो ?


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


34.8k
Shares
  • change font
  • change font
  • change font

फुली स्त्रीजातिले नाकमा लगाउने सानो फूलको आकारको सुनको गहना हो । फुली नेपाली गहना हो । यसलाई ठाउँ अनुसार नाकफूली पनि भन्ने गरिन्छ । नेपालमा नेवार जातिबाहेक प्राय सबै जातिले लगाउने फुली एउटै प्रकारका हुन्छन् । नेपाली समाजमा आफ्ना छोरी चेलीलाई सानैमा नै नाक छेडिदिएर फुली लगाइदिने प्रचलन रहिआएको छ । 

पछिल्लो समय नाकमा फुली लगाउने र नाक छेड्ने कामलाई अनिवार्य मानिएको छैन । कसैलाई मन लागेन भने अहिले नाकनछेड्न पनिपाइन्छ तर पहिला अनिवार्य नै जस्तो थियो । 

नाकमा फुली लगाउनुको आफ्नै छुट्टै मान्यता रहेकाछन् । हिन्दु शास्त्रको पवित्रग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरूलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिनपनि सजिलो हुने धार्मिक विश्वास छ ।

नाक छेड्नुलाई चिकित्सकीय शास्त्रमा पनि राम्रो मानेको छ । नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरूको भनाई छ । तर देब्रे नाक नै छेड्नुको कारण प्रजनन अङ्गसँग जोडिएको छ । 

अर्थात् महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने हुँदा प्रजनन अङ्गमा नकारात्मक असर नपरोस् भनेर पनि देब्रे नाक नै छेडिने जानकारहरू बताउँछन् ।  

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : ४७ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम