जनचेतनाले घट्यो एचआईभी संक्रमण | Khabarhub Khabarhub

जनचेतनाले घट्यो एचआईभी संक्रमण

आज विश्व एड्स दिवस: नेपालमा २४ हजार २ सय ३६ जना संक्रमित


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

आज विश्व एचआईभी एड्स दिवस। नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैछ। विश्व एड्स दिवस २०२३ को नारा ‘समुदायले नेतृत्व गरौं’रहेको छ। एचआईभी एड्स नेपालमा १९८८ मा पत्ता लागेको हो। महामारीकै रुपमा फैलिएको यो रोगका कारण २९ हजार ५ सय १८ जनाको मृत्यु भइसकेको छ भने ७० हजार ५ सय १२ जनामा संक्रमण फैलिएको छ। जसमध्ये २९ हजार १५ वर्षभन्दा माथिका १३ हजार महिला र १६ हजार पुरुष छन्। ३० हजार संक्रमित भने १५ वर्ष मुनिका बालबालिका र किशोरकिशोरी रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकमा उल्लेख छ ।

सुरुवाती अवस्थामा डरलाग्दो रुपमा फैलिए पनि अहिले भने औषधिको प्रयोग जनमानसमा चेतनाको विस्तारका कारण एड्स सामान्य भइसकेको विशेषज्ञ बताउँछन्।

रोग फैलिएको लामो समयपछि २००४ सालमा मात्रै नेपालमा यसको उपचार सुरु भएको हो। जसबाट २४ हजार २ सय ३६ जना संक्रमित लाभान्वित भएका छन्। नेपालमा २०२३ मा ३४४ जना संक्रमितको मृत्यु भएको छ भने यो अवधिमा ४८८ जना नयाँ संक्रमित थपिएका छन्। सुरुवाती अवस्थामा डरलाग्दो रुपमा फैलिए पनि अहिले भने औषधिको प्रयोग जनमानसमा चेतनाको विस्तारका कारण एड्स सामान्य भइसकेको विशेषज्ञ बताउँछन्। यसै विषयमा केन्द्रित भएर खबरहबका लागि  डा. सन्तोषानन्द झासँग पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

एक समय विश्वमै महामारीको रुपमा फैलिएको एचआईभी एड्सबाट आज पनि मानिसहरु धेरै डराउँछन्। यो कस्तो रोग हो ?
एचआईभी एड्स एक किसिमको भाइरसबाट हुने सरुवा रोग हो। जुन असुरक्षित यौन सम्पर्क, रगत, संक्रमित आमाबाट जन्मेको बच्चाबाट सर्ने गर्दछ।

यसका लक्षण के हुन् ?
यो रोग लागे पनि सुरुवाती अवस्थामा लक्षण देखिँदैनन्। यदि संक्रमितलाई अरु कुनै रोग लागेको छैन भने संक्रमण भएको केही वर्षसम्ममा पनि उसको इम्युनिटी पावर बलियो भएका कारण रोगका लक्षणहरु देखिँदैनन्। तर पहिलेदेखि बिरामी अर्थात दीर्घरोगीमा क्षयरोग, मौसमी रोग जस्तै झाडापखाला, रुघाखोकी, तौल घट्दै जाने जस्ता लक्षणहरु चाँडो देखिन सक्छन्।

एचआईभी एड्स एक किसिमको भाइरसबाट हुने सरुवा रोग हो। जुन असुरक्षित यौन सम्पर्क, रगत र संक्रमित आमाबाट जन्मेको बच्चाबाट सर्ने गर्दछ।

अहिले अस्पतालमा एचआईभीका बिरामी कत्तिको आइरहेका छन् ?
अहिले अस्पतालमा आउने बिरामीको संख्यामा कमी आइरहेको छ। गत वर्षभन्दा यो वर्ष टेकु अस्पतालमा नयाँ संक्रमित थोरै मात्रामा आएका पाइएको छ।

संक्रमितको संख्या घटेको हो वा बिरामी अस्पतालसम्म नपुगेका हुन् ?
पहिलाभन्दा उपचारको पद्धतिसँगै जनचेतना बढेको छ। त्यसले गर्दा यसको संक्रमण दर घट्दै गएको हो। अहिले संक्रमित खुलेर आफ्नो समस्या राख्छन्। आफू संक्रमित भए आफ्नो पार्टनरलाई रोग सर्नबाट बचाउन अस्थाई साधनको प्रयोग गर्छन्। सुरक्षित हुन विभिन्न औषधिहरुको प्रयोग गर्ने गर्दछन्। त्यसकारण संक्रमितको संख्या घटेर गएको हो।

एचआईभी संक्रमितलाई अहिले पनि हाम्रो समाजमा किन हेयको दृष्टिले हेरिन्छ ?
समाजमा स्वास्थ सम्बन्धी अज्ञानताका कारण अहिले पनि एचआईभी संक्रमितलाई हेयको दृष्टिले हेरिन्छ। तर पहिलाको तुलनामा धेरै कमी आएको छ। नेपालमा एचआईभीको संक्रमण दुई वटा माध्यमबाट फैलिएको छ। पहिलो त असुरक्षित यौनसम्पर्क नै हो। दोस्रोमा लागूऔषधको प्रयोग हो। यसबारे सरकारले समुदायमा जनचेतनाका कार्यक्रम गरेको थियो। जसका कारण केही हदसम्म कमी आए पनि ग्रामीण समुदायमा अहिले पनि नराम्रो दृष्टिकोणले हेरिन्छ।

अहिले संक्रमित खुलेर आफ्नो समस्या राख्छन्। आफू संक्रमित भए आफ्नो पार्टनरलाई रोग सर्नबाट बचाउन अस्थाई साधनको प्रयोग गर्छन्।  त्यसकारण संक्रमितको संख्या घटेर गएको हो।

उपचारको अवस्था कस्तो छ ?
अहिले नेपालमा पनि उपचारको अवस्था राम्रो छ। एआरटी औषधिको सेवन गरिरहेका संक्रमितको स्वास्थ्य अवस्था एकदमै राम्रो छ।

एचआईभी भएमा औषधि कति समय खाने ?
एचआईभी भइसकेपछि औषधि बाँचुञ्जेलसम्म नियमित खानुपर्छ। नेपाल सरकारले एचआईभी एड्सको औषधि निःशुल्क गरेको छ। संक्रमितले कुनै अप्ठेरो नमानी खुलेर उपचारको पहुँचमा पुगे भने सरल जीवनयापन गर्न सहयोग पुग्छ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ३५ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल