काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट शुक्रबार आदेश आउने भएको छ।
मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ बिहीबार सकिएको हो। बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए।
न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार सकिएको हो। बिहीबार प्रतिवादीतर्फका कानून व्यवसायीले जवाफी बहस सकेका हुन् ।
।
प्रतिक्रिया