मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी  « Khabarhub

मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी 


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले मंसिर महिना चलिरहेको छ । मंसिर महिनालाई धेरै विवाह हुने महिनाका रुपमा लिइन्छ । अविवाहितहरूलाई बढी जिस्काइने समय पनि यही नै हो ।

‘यसपालाको मङ्सिरमा त बाजा घन्काउने होला नि ? यसपालिको मङ्सिरमा त बिहेभोज खान पाइएला नि ? मंसिरमा त जन्ती लाने होला नि ? मंसिरमा त घुम्टो ओढ्ने होला नि ? ल है, मंसिर कट्न लाग्यो, यसपालि त झ्याइँ पार्नुपर्छ ! यस्ता अनेकन् प्रश्न तेस्र्याएर साथीभाइ, आफन्तले अविवाहित युवायुवतीलाई जिस्काउने गर्छन् ।  

बुधबार काठमाडौं लगायत देशका विभिन्न जिल्लामा बिहे गर्नेहरूको भिडभाड थियो । पार्टी प्यालेस खचाखच थिए । बाटामा जतासुकै जन्तीको लर्को र बाजागाजा देख्न-सुन्न पाइन्थ्यो । काठमाडौं उपत्यकाका कतिपय क्षेत्रमा त जाम समेत भएको थियो ।

मंसिरमा बिहेको लगन सकिएकाले १३ गते त्यस्तो भिडभाड देखिएको भने होइन । यो महिनामा अझै ६ वटा बिहेका लगन बाँकी नै छन् । बरु अहिलेसम्म दुईवटा मात्रै लगन जुरेकाले मंसिर १२ र १३ गते विवाह गर्नेहरूको भीडभाड बढेको हो । यसपालिको मंसिरमा बिहेका ८ वटा लगन रहेकोमा अब मंसिर महिनामै बिहे गर्नेहरुका लागि १८, २१, २३, २८, २९ र ३० गते लगन जुर्ने पञ्चाङ्ग पात्रोमा उल्लेख छ ।

हिन्दु परम्परा अनुसार लगन हेर्नेहरुले पुसमा बिहे गर्ने कुरै भएन । माघमा विवाह गर्न चाहनेहरूका लागि ६ दिन लगन जुर्छ । माघ २, १६, १७, २१, २३ र २९ गते बिहेको लगन रहेका छन् । त्यसैगरी फागुन १९, २१, २२, २३ र २४ गते पाँच बिहेको लगन जुर्ने पात्रोमा उल्लेख छ । 

मंसिर नै रोज्नुको कारण 
नेपाली पात्रो अनुसार मंसिर महिना वर्षको मध्य समयमा पर्छ । परम्परागत हिन्दु ज्योतिषमा सामान्यतः मंसिर अगाडिका चार महिना साउन, भदौ, असोज र कात्तिकमा विवाह गरिँदैन । पछाडिको एक महिना पुसलाई पनि नेपाली समाजमा रित्तो महिना मानिन्छ ।

माघ र फागुनमा पनि बिहे गर्ने चलन छ । तर, चैतमा भने प्रायः बिहे गरिँदैन । नेपाली समाजमा आहानै छ– अरु बेला अन्त, चैतमा जन्त !

वर्षायाममा किसानहरुले नयाँ बाली भित्र्याएर सक्ने र मौसमका हिसाबले पनि धेरै जाडो वा गर्मी नहुने हुँदा मंसिरमा विवाहको महत्व बढी भएको हुन सक्छ ।

मंसिरमा अझै ६ वटा लगन बाँकी नै छन् । यदि तपाई पनि अविवाहित हुनुहुन्छ र जीवनसाथी खोजिसक्नुभएको छ भने मंसिरमै लगनगाँठो कसिहाल्ने कि ? मंसिरमा नभए पनि चिन्ता नगर्नोस्, माघ र फागुन छँदैछ !

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : ०० बजे

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका

चक्रवात ‘अर्नब’ले सडक सञ्जालमा ठूलो असर पारेन : मन्त्री लम्साल

काठमाडौं– वर्षाका कारण अवरुद्ध राष्ट्रिय राजमार्ग अन्तर्गत सन्धिखर्क- गोरुसिङ्गे सडक