सिटीहलको ५५ प्रतिशत काम सम्पन्न  « Khabarhub

सिटीहलको ५५ प्रतिशत काम सम्पन्न 


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनमा निर्माणाधीन सिटीहलको ५५ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण सुरु भएको तीन वर्षसम्ममा ५५ प्रतिशत मात्र काम भएको हो । 

सिटी हलको पहिलोपटक थपिएको म्याद आगामी फागुन मसान्तमा सकिँदै छ । निर्माण २७ महिनामा सक्ने गरी निर्माणको जिम्मा इन्डो–सगुन–रौताहा जेभीले पाएको थियो । निर्माण कम्पनीले कोरोनालगायतका कारणले काममा ढिलाइ भएको जनाएको छ । 

सिटीहलको मुख्य संरचनाको ट्रसका लागि फलामे पाइप भारतबाट आइसकेकाले अब निर्माणले गति लिने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले बताएका छन् । उनका अनुसार तीन महिनाअगाडि भारतबाट मगाइएको ट्रसका लागि फलामे पाइप मंगलबारमात्रै यहाँ आइपुगेको हो । 

ट्रस हाल्न करिब तीन महिना लाग्ने थापाले बताएका छन् । ‘ट्रसका लागि भारतबाट मगाइएको पाइप आइपुगेको छ’, उनले भने, ‘केही आउने क्रममा छ । पाइपमाथि जोडिने पाता नेपालमै उत्पादन हुन्छ । अब धमाधम काम हुन्छ ।’ 

भरतपुर महानगरपालिका–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि  चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण हुँदैछ । सिटी हलमा दुई हजार मानिस अट्न सक्ने क्षमताको मुख्य हल र तीन सय मानिस अट्ने क्षमताको अर्को हल हुनेछ । 

हलको निर्माण लागत रू ८७ करोड ८८ लाख ८८ हजार आठ सय ८८ रहेको आयोजनाका प्रमुख थापाले जानकारी दिए। उनका अनुसार हलमा पर्याप्त पार्किङको व्यवस्था गरिने छ । सिटी हल बनेपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुने जनाइएको छ । सिटी हलको विसं २०७७ माघ १७ गते शिलान्यास गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १ : ०९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने