एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति भएको छ : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति भएको छ : स्वास्थ्यमन्त्री बस्नेत


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय प्रगति गरेको बताएका छन् ।

छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म नयाँ एचआईभी सङ्क्रमण दर ७७ प्रतिशतले घट्नु, एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताए ।

मन्त्री बस्नेतले सन् २०३० सम्म नेपालबाट एचआईभी उन्मूलन गर्ने लक्ष्य चुनौतीपूर्ण भएको उल्लेख गर्दै एचआईभी उन्मूलनका लागि समुदायसँग हातेमालो गर्न मन्त्रालय तयार रहेको बताए ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छाले एचआईभी सङ्क्रमण दर घटाउन नेपालले सफलता हासिल गरे पनि अन्त्य गर्न अझै चुनौती रहेको बताए । उनले एचआईभी सङ्क्रमितप्रति गरिने व्यवहार  परिवर्तनका लागि सबै पक्षसँग सहकार्य हुनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले एचआईभी पनि अन्य रोगजस्तै औषधि सेवनले निको हुने भन्दै सङ्क्रमितमाथि हुने भेदभावको अन्त्य गर्न जनचेतना फैलाउन आवश्यक रहेको बताइन् ।

केन्द्रका निर्देशक डा सञ्जय ठाकुरले नेपालमा सन् २०२२ को अन्त्यसम्म करिब ३० हजार एचआइभी सङ्क्रमित रहेको जानकारी दिँदै अबको चुनौती सामना गर्न समुदायको नेतृत्व आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १ : ५३ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र