भूकम्प प्रभावित पत्रकारका लागि सहयोग « Khabarhub

भूकम्प प्रभावित पत्रकारका लागि सहयोग


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाजरकोट र रुकुम पश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पका कारण प्रत्यक्ष प्रभावित हुन पुगेका सञ्चारकर्मीका लागि हिमालय खबर मिडिया इन्कबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

हिमालय खबरले स्थलगत अध्ययनपश्चात हिमालय खबर मिडिया इन्कमार्फत सङ्कलित रु एक लाख ३३ हजार नौ सय ७३ बराबरको चेक नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेललाई हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गरेका हुन् ।

सङ्कटको समयमा पीडामा परेका पत्रकारलाई सानो भए पनि राहतको मल्हम लगाउने प्रयास गरिएको हिमालय खबरका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) का निवर्तमान अध्यक्ष विकाशराज न्यौपानेले बताए ।

हिमालय खबर मिडिया लिन्क परिवारले जाजरकोट र रुकुमका भूकम्प प्रभावित पत्रकारका लागि महासङ्घले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो रकम प्रदान गरेको हो ।

हिमालय खबरको तर्फबाट यसअघि पनि विभिन्न सामाजिक गतिविधि एवं पत्रकारका लागि सहयोगस्वरुप रकम सङ्कलन गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  २ : १९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४