काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना « Khabarhub

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई एचआईभी/एड्सविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । बीस वर्षदेखि जिल्लामा एचआईभी/एड्स सङ्क्रमण न्यूनीकरणविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको सक्रिय प्लस नामक संस्थाले बनेपास्थित आदर्श विद्या मन्दिरमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सचेतना गराएको हो ।

कार्यक्रममा संस्थाका सचिव एवं एड्स सङ्क्रमित राजकुमार खत्री र सामाजिक अभियन्ता कमल बञ्जाराले एचआईभी/एड्स सङ्क्रमणको कारण, लक्षण, उपचार तथा सङ्क्रमणबाट जोगिने उपायका बारेमा प्रशिक्षण दिएका थिए । सो अवसरमार आयोजित ‘सङ्क्रमितहरूको मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले सङ्क्रमितको अवस्था र उपचारमा पहुँचबारे जानकारी गराएका थिए ।

संस्थाका अनुसार काभ्रेपलाञ्चोकमा एचआईभी सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । एचआईभी सङ्क्रमितमध्ये ४६ पुरुष र ४७ जना महिला छन् । एकजना छ वर्षीया बालिका छिन् । अठार वर्षदेखि ५७ वर्ष उमेर समूहका ९२ जना छन् । अन्य जिल्लाका केहीले काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालबाट सेवा लिइरहेका छन् । जिल्लाका केही सङ्क्रमितले अन्यत्र सेवा लिइरहेको जनाइएको छ । एचआईभी÷एड्सका कारण हालसम्म जिल्लाका १५ जनाले ज्यान गुमाएका छन् ।

एचआईभी सङ्क्रमणको मुख्य कारण वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिले असुरक्षित यौन सम्पर्क तथा लागूऔषधको प्रयोगबाट हुने गरेको पाइएको बञ्जाराले बताए । धुलिखेल अस्पतालले एचआईभी सङ्क्रमितलाई ‘एआरटी’ नामक औषधिको सेवा तथा परामर्श र उपचार सेवा उपलब्ध गराउँदै आएको छ । उनका अनुसार सङ्क्रमित खुल्न चाहँदा समयमै उपचार हुने भएकाले अभियान्ताले परीक्षण र पहिचानमा जोड दिँदै आएका छन् ।

पनौतीका खत्रीले १७ वर्षदेखि एरआटी सेवा लिइरहेका छन् । उनले जिल्लामा एचआईभी सङ्क्रमितका लागि विभेद नभएको बताए । उनका अनुसार सङ्क्रमित खुल्न नचाहँदा छिट्टै मृत्यु हुने गरेको छ । संस्थाले विद्यालयका बालबालिका तथा युवा बेरोजगार हुँदा र गलत सङ्गतका कारण सहज रूपमा लागूऔषधको प्रयोगमा पुग्न सक्ने भएकाले अभिभावक र सरोकारवाला निकायले ध्यान दिनुपर्ने अपिल गर्दै आएको छ ।

जिल्लामा २० जना बालबालिका सङ्क्रमित अभिभावकबाट जन्मिएका भए पनि सङ्क्रमित नभएको सक्रिय प्लसले जनाएको छ । संस्थाले दिवसका अवसर न्यानो कपडा वितरण तथा साँझ दीप प्रज्ज्वलनको कार्यक्रम गर्ने जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : ०९ बजे

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा