राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन « Khabarhub

राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ ।

बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्‍याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको एन्फाले जानकारी दिएको छ ।

थापाले सन् १९७१ मा जापानमा भएको यू–१९ एसियन च्याम्पियनसिपमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । उनले न्यूरोड टिम (एनआरटी) र महावीर क्लबबाट घरेलु फुटबल खेलेका थिए । फुटबल करियरपछि थापाले १९९६ मा राष्ट्रिय फुटबल टिमको प्रशिक्षक र त्यसपछि एन्फा सहायक–महासचिवको रूपमा पनि काम गरेका थिए ।

एन्फाका अनुसार अन्तिम श्रद्धाञ्जलीका लागि थापाको पार्थिव शरीर शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा राखिने र उनको आजै बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : ३० बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला