राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन « Khabarhub

राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ ।

बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्‍याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको एन्फाले जानकारी दिएको छ ।

थापाले सन् १९७१ मा जापानमा भएको यू–१९ एसियन च्याम्पियनसिपमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । उनले न्यूरोड टिम (एनआरटी) र महावीर क्लबबाट घरेलु फुटबल खेलेका थिए । फुटबल करियरपछि थापाले १९९६ मा राष्ट्रिय फुटबल टिमको प्रशिक्षक र त्यसपछि एन्फा सहायक–महासचिवको रूपमा पनि काम गरेका थिए ।

एन्फाका अनुसार अन्तिम श्रद्धाञ्जलीका लागि थापाको पार्थिव शरीर शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा राखिने र उनको आजै बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : ३० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई