प्रचण्ड र माधवले षड्यन्त्र गर्दा पनि पार्टी सिद्धिएन : अध्यक्ष ओली « Khabarhub

प्रचण्ड र माधवले षड्यन्त्र गर्दा पनि पार्टी सिद्धिएन : अध्यक्ष ओली


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

डोटी-  नेकपा एमालेका अध्यक्ष केपी शर्माले पार्टी भित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी जोगाएकोमा कार्यकर्ताहरूलाई धन्यवाद दिएका थिए ।

‘प्रचण्डका षड्यन्त्र भए, माधव नेपालका षड्यन्त्र भए, अरू षडयन्त्र पनि भए, ती सबै षड्यन्त्रलाई परास्त गरेर तपाईँहरूले पार्टी जोगाउनु भएको छ, पार्टी फेरि पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति लागेर पार्टीलाई सिध्याउन लाग्दा पनि पार्टी सकिएन’ ओलीले भने ‘तपाई, सबैलाई धन्यवाद।’

पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको ओलीको भनाइ थियो । देशलाई अगाडी बढाउने सङ्कल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उनले बताए । ओलीले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाए । उनले सरकार धेरै समय टिक्न नसक्ने जनाए ।

‘यो सरकार कति चल्छ र ? यो सरकार मक्किएको धोद्रा परेको सरकार हो । यस्तै अवस्था देशमा रहँदैन’ उनले भने । ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई एक भएर काम गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : १७ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना