बालकृष्ण खाणको मुद्दा : उच्चमा बहुमत नजुटे सर्वोच्च जाने « Khabarhub

बालकृष्ण खाणको मुद्दा : उच्चमा बहुमत नजुटे सर्वोच्च जाने



काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनका दुई न्यायाधीशको राय बाझिँदा बालकृष्ण खाणको मुद्दा टुंगो लागेन । न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्न सकिने राय दिए ।

तर, अर्का न्यायाधीश प्रकाश खरेलले खाणलाई थुनामै राख्ने जिल्ला अदालतकै आदेशलाई सदर गुर्नपर्ने राय राखे । दुई न्यायाधीशको मत बाझिएपछि खाण शुक्रबार जेलमुक्त हुन पाएनन् ।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा रहेको यो प्रकरणका २० जना प्रतिवादीमध्ये १९ जना प्रतिवादीको हकमा उच्च अदालतले आदेश दिए पनि पूर्वगृहमन्त्री समेत रहेका खाणको आदेशमा भने राय बाझिएको छ ।

न्यायाधीश पाण्डेले खाणविरुद्ध किटानी जाहेरी नपरेको, आफ्नो कसुरमा इन्कार रहेको, सहप्रतिवादीहरुले पनि कसुरमा संलग्न रहेको भनी पोल नगरेको र मिसिल संलग्न अन्य प्रमाणबाट पनि खाणलाई थुनामा राख्ने आधार कारण र अवस्था नरहेको उल्लेख गर्दै ३० लाख धरौटीमा छाड्न सकिने राय राखेका थिए ।न्यायाधीश पाण्डेले खाणलाई थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको देखिँदा बदर गरिएको र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७१ बमोजिम ३० लाख धरौटीमा छाड्नुपर्ने राय पेश गरेका थिए । तर, अर्का न्यायाधीश खरेलले भने पाण्डेको आदेश रायसँग असहमति राख्दै खाणलाई थुनामै राख्नुपर्ने राय राखे ।

यो पनि…

यी हुन् उच्च अदालतले धरौटीमा छोडन आदेश दिएका प्रतिवादीहरु (आदेशसहित)

न्यायाधीश खरेलले प्रतिवादीहरु पूर्वसचिव टेकनारायण पाण्डे र कांग्रेस कार्यकर्ता केशव दुलालबीचको मोबाइल सन्देश, अर्का प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको कागज, प्रतिवादी आङटावा शेर्पाको घटना विवरण कागज र प्रतिवादी पाण्डेले दिएको बयानका आधारमा खाँण अभियोग दाबी कसुरमा अहिले नै निर्दोष रहेको भनी विश्वास गर्न मिल्ने आधार नदेखिएको राय प्रस्तुत गरे ।

अन्ततः खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने न्यायाधीश पाण्डेको रायसँग न्यायाधीश खरेलले असहमति जनाएका कारण खाणलाई थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको फैसलामाथिको पुनरावलोकन मुद्दा किनारा लाग्न सकेन ।

अब के हुन्छ ?

उच्च अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश, राय मतेक्य हुन नसकेकाले प्रस्तुत फरक राय सहतको निवेदक बालकृष्ण खाण विपक्षी नेपाल सरकार भएको ०८०-RE-०२८८ को प्रतिवेदन उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीश समक्ष पेश गर्नु ।’

कानुनविदहरुका अनुसार यो मुद्दामा अब तेस्रो न्यायाधीश निर्णायक हुनेछन् । काठमाडौं जिल्ला अदालतले दिएको आदेशमाथि पुनरावलोकनको मुद्दा भएका कारण यसलाई एकल इजलासमा पठाउन भने मिल्नेछैन ।

अब खाणको हकमा उच्च अदालतको डिभिजन बेञ्चमा तेस्रो न्यायाधीशसमेत थपेर बहुमतका आधारमा निर्णय हुने वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्लेले खबरहबलाई जानकारी दिए । उनका अनुसार जुन पक्षमा बुहमत पुग्छ, सोही अनुसार खाणको मुद्दामा आदेश आउनेछ । उच्च अदालत नियमावली, २०७३ को नियम १२ अनुसार हेर्ने भनिएको मुद्दामा निरन्तर राय बाझिएमा भने सो मुद्दा सर्वोच्च अदालतमा पुग्नेछ ।

उच्च अदालत नियमावली, २०७३ को नियम १२ मा के छ ?

राय बाझिएमा तेस्रो न्यायाधीशको इजलासबाट हेरिने : (१) संयुक्त इजलासबाट हेरिने मुद्दा तथा प्रतिवेदनको सुनुवाइ गर्दा दुईजना न्यायाधीशहरुका बीच मतैक्य नभएमा दुई न्यायाधीशहरुको रायसहित सो मुद्दा वा प्रतिवेदन निर्णयार्थ तेस्रो न्यायाधीशसमक्ष पेस गरिनेछ ।

यसरी पेस भए पनि तेस्रो न्यायाधीशको रायबमोजिम कायम हुन आएको बहुमतको निर्णय अदालतको अन्तिम निर्णय मानिनेछ ।
(२) उपनियम (१) बमोजिम तेस्रो न्यायाधीशसमक्ष पेस गर्दा पनि बहुमत कायम हुन नसकेमा तारिखमा रहेका पक्षहरुलाई तारिख तोकी सबै न्यायाधीशहरुको रायसहित सो मुद्दाको मिसिल निर्णयार्थ सर्वोच्च अदालतमा पठाउनु पर्नेछ ।

उच्च अदालतको आदेश

 

 

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : ४४ बजे

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना