सर्बिया पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

सर्बिया पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेश पठाइदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा रहेका छन् । उनले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन दिएर ३ जनाबाट १७ लाख १७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई उनलाई ईलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनले
तीन जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी प्रतिव्यक्ति ८ लाख रुपैयाँका दरले रकम मागेका थिए ।

तर, १७ लाख १७ हजार रुपैयाँ प्राप्त गरेपछि भने उनी फरार भएका थिए । उनले मासिक १ लाख रुपैयाँ तलब हुने भन्दै लोभ्याएर रकम ठगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ४२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली