ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय « Khabarhub

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ । भोलिदेखि नै उक्त प्रक्रिया सुरु हुनेछ ।

प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ ।

प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो । निगमको मुख्य आम्दानीको स्रोत रहेको ग्राउण्ड ह्याण्डलिङ सेवा बन्द भएमा निगम थप आर्थिक रुपमा कमजोर हुने जनाइएको छ ।

‘मापदण्ड पुगेका एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको प्रतिस्पर्धामा भाग लिन पाउनेगरी निर्णय भएको छ, यसले नयाँ एयरलाइन्सले पनि अवसर पाउछन्’, प्रवक्ता निरौलाले भने ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : २९ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि