स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री, प्राधिकरणले जनायो आपत्ति, अदालतले भन्यो- कारण देखाऊ « Khabarhub

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री, प्राधिकरणले जनायो आपत्ति, अदालतले भन्यो- कारण देखाऊ


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजियटा समूहलाई अनूमति बिना एनसेलको शेयर बिक्री नगर्न दूरसञ्चार प्राधिकरणले पत्र पठाएकै दिन एनसेलले ८० प्रतिशत शेयर बेचेको पाइएको छ ।

मंसिर १३ गते मलेसियाको आजियटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय सार्वजनिक गरेको थियो । आजियटाको घोषणापछि शुक्रबार मात्र दूरसञ्चार प्राधिकरणले उसलाई अनुमति लिएर मात्रै कारोबार गर्न पत्र काटेको थियो ।

तर, आजियाटा समूहले बेलायतको स्‍पेक्ट्रलाइट कम्पनीलाई एनसेलको ८० प्रतिशत शेयर बेचेको छ । स्‍पेक्ट्रलाइटले एनसेलको ८० प्रतिशत खरिद गरेको घोषणा गर्न पाउनु खुसीको कुरा भएको बताएको छ ।

स्‍पेक्ट्रलाइटसँग एनसेलको २० प्रतिशत शेयर यसअघि नै रहेको थियो । योसँगै एनसेलको स्वामित्व स्‍पेक्ट्रलाइटमा हुने भएको छ ।

आजियटा भने विभिन्न कर विवादका बीच नेपालबाट कानूनी घेराभन्दा बाहिर गएर बाहिरिन खोजेको छ । उसले नेपालको दूरसञ्चार नियमावलीलाई वेवास्ता गर्दै आफ्नो शेयर बिक्रीको घोषणा गरेको हो ।

यसैवीच, उच्च अदालत पाटनले पनि शुक्रबार नै आजियटाले शेयर विक्री गरेर लगानी फिर्ता लैजान लागेको बारे कारण देखाऊ आदेश जारी गरेको छ ।

नेपालमा ३० वर्षका लागि व्यवसाय गर्न अनुमति पाएको एनसेलले आफ्नो स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि उसले सम्झौता अवधि समाप्त हुनुअघि नै अर्कौंको सम्पत्ति नेपाल सरकारलाई नदिई निजी कम्पनीलाई विक्री गरेर बाटो लाग्ने निधो गरेको हो ।

एनसेलको शेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भन्ने विज्ञप्ति प्रकाशित भएको देखिएको भन्दै प्राधिकरणले आपत्ति जनाएको छ ।

हेर्नुहोस दूरसञ्चार प्राधिकरणको पत्र

 

दूरसञ्चार नियमावली के भन्छ ?

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, एनसेलले त्यस्तो अनुमति नै नलिई शेयर बिक्री गर्ने तयारी गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : ०१ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले