गिजाबाट रगत आउनु अन्य रोगको संकेत | Khabarhub Khabarhub

गिजाबाट रगत आउनु अन्य रोगको संकेत

‘दाँत माझ्न नजान्दा पनि गिजामा समस्या आउँछ ’



पछिल्लो समय मानिसमा गिजाको समस्या दिनानुदिन बढिरहेको छ । गिजाबाट रगत बग्ने समस्यालाई सामान्य लिने गरेको पाइएको छ। तर, यसको परिणामपछि निकै भयावह हुनसक्ने चिकित्सकले जनाएका छन् । दाँतले सौन्दर्य झल्काउनेदेखि लिएर दैनिक रूपमा खाएको खानालाई राम्ररी चपाएर पचाउन मद्दत गर्दछ । दाँतले हाम्रो शरीर स्वस्थ वर्धक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसै विषयमा आधारित भएर वरिष्ठ दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

गिजाबाट दाँत माझ्दा वा अन्य समय रगत किन आउँछ ?
मुखमा फोहोर जम्मा भयो भने रोग निम्तिन्छ । रगत आउने श्वास गन्हाउने हुन्छ । तर, कहिलेकाही दाँत तथा मुखको स्वास्थ्यमा हामीले दिनको ४ देखि ५ पटक खान्छौँ । यसरी खाँदा दुई पटक सफा गर्छौँ । त्यसमा सफा गर्ने सामग्री, तरीका र समय मिल्दैन र दाँत र गिजाको बीचमा फोहोर जम्मा हुँदा गिजामा इरिटेट हुन्छ । बोल्दा केही गर्दा लगभग ९५ प्रतिशतमा त्यसरी रगत आउने हुन्छ । ५ प्रतिशतमा शरीरसँग सम्बन्धित अन्य समस्याका कारणले पनि रगत आउँछ ।

यो समस्या कस्तो व्यक्तिमा धेरै देखिन्छ ?
तुलनात्मक रूपमा यो समस्या जुनसुकै मान्छेमा देखिन सक्छ । सबैले खानेकुरा खाने भनेको मुखबाट हो । साथसाथै कहिले औषधि खाने पनि मुखबाट नै हुँदा समस्या सबैलाई हुनसक्छ । शरीरमा केही दीर्घकालीन रोगहरू जस्तो सुगर, प्रेसर र त्यही अनुसारको औषधिहरू खाई रहेको छ जसले गर्दा रगत जम्न नदिने हुन्छ, गिजाबाट रगत आउने हुन्छ । राम्रोसँग ब्रस गर्न नसक्नेमा धेरै गिजाबाट रगत आउँछ ।

कस्तो खाना खाँदा र कस्तो लापरबाही गर्दा समस्या आउने हो ?
रेसादार खानेकुराले दाँत सफा गर्दछ तर गुलियो टाँसिने खाना आएर सफा गर्ने वा कुल्ला गर्ने गरिएन भने रगत आउँछ । राम्ररी खाना खाए पछि मिलाएर सफा गरियो भने समस्या हुँदैन ।

दाँत माझ्दा घोचेर वा नदुखी रगत आउने कारण के हो ?
कहिलेकाहीँ चोटपटक लागेर वा ब्रस गर्दा गिजामा घाउ वा घोचेर रगत आउँछ । तर हामीले दाँतका ५ वटा शर्तहहरू ध्यान दिएर सफा गरेनौ भने त्यहाँ फोहोर जम्मा भएर बस्छ । गिजा स्वस्थ छ भने त्यतिकै रगत आउँदैन । कुनै मुटुको, मस्तिष्कको लागि भनेर वा प्रेसरको औषधि खाएको छ भने वंशाणुगत रूपमा रगतको मात्र नजम्ने पनि हुन्छ । गिजाको रोग भन्दा पनि गिजाबाट रगत आउनु नै गिजामा समस्या छ भन्ने हो । तपाईँको शरीरमा रोग छ भनेर सङ्केत दिएको हो । ब्रस गर्दा घोचेर रगत आयो भने त्यो केही दिनमा निको हुन्छ तर पटक पटक आयो भने जाँच गर्नु पर्दछ । अस्पतालमा यसरी आएको बिरामीलाई हामीले स्केनिङ गर्ने भन्छौँ । सफा गर्ने फोहोर निकाल्ने गर्छौ र एक दुई दिनमा निको हुन्छ । तर, शरीरसँग सम्बन्धित छ भने हामीले फिजिसियनलाई दिन्छौँ र के कारणले भएको पत्ता लाग्छ ।

अस्पताल नगई सिधै मेडिकलमा गएर औषधि खानु कतिको उपयुक्त छ ?
तुरुन्त रोक्न सकिन्छ । तर रोग भित्रभित्र सर्दै जान्छ र पछि दाँत हल्लिने समस्या झन् बढ्ने हुन्छ ।

गिजाबाट रगत आउँदा पनि लापरबाही गर्दा पछाडिको जोखिम कस्तो हुनसक्छ ?
पछि गिजाले दाँत छोड्छ । किन त्यसको लागि नक्कली दाँत हाल्नु पर्दछ नभए दाँतको महत्व जान्छ । मुखमा भएका सूक्ष्म जीवलाई रक्तनली मार्फत लगेर मुटु र फोक्सो सम्बन्धी समस्या, गर्भवतीमा महिना नपुगी बच्चा जन्मिने समस्या हुन्छ ।

उपचार गराइरहेकोले के के कुरामा ध्यान दिने त ?
दिनको दुई पटक राम्रोसँग नरम ब्रसको प्रयोग गरेर तलमाथि गरी सफा गर्ने, अन्य समयमा पनि नुन राखेर केही खाने बित्तिकै कुल्ला गर्ने । रेसादार हरियो सागपात फलफूल खाने, तातो धेरै चिसो गुलियो खाना धेरै नखाने । यसो गरेर दाँत सम्बन्धी ८० देखि ८५ प्रतिशत रोग आफै निको हुन्छ ।

यस्तो कुनै पनि समस्या नदेखियोस् भनेर हामीले बिहानदेखि बेलुकासम्म के के गर्नु पर्दछ ?
बच्चा जन्मेदेखि नै दाँत तथा मुखको सरसफाइ गर्ने दाँत नआएका बालबालिकामा कपास राखेर सफा गरिदिने, बच्चा २ वर्षको भएपछि मन्जन प्रयोग गर्दा मध्यम खालको केराउको दाना राखेर सफा गर्ने । जिब्रो पनि सफा गर्ने । र अन्य समय मनतातो पानीमा नुन राखेर सफा गर्ने । अति सार्हाे, पिरो खाने कुराबाट टाढा रहने, धूम्रपान मद्यपानदेखि टाढा रहने, सफा रहने र प्रत्येक महिनामा अस्पताल गएर दाँत तथा मुखको जाँच गर्ने, प्रयोग गरिरहेको ब्रसहरू मन्जनहरू पनि राम्रोसँग बुझेर राम्ररी प्रयोग गर्ने । दिनमा ८ मिनेट दाँत तथा मुखको सफा गर्दा जिन्दगी भर खाना चपाएर मजा लिएर खान सकिन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : १८ बजे

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने