नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा « Khabarhub

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बारा- निजगढ नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ। वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

श्रेष्ठले १५ वर्षकी नाबालिगलाई घरमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो। जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए।

आइतबार राति करिब ८ : ३० बजे उनी आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ। दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबरजस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिइन्।

श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया