लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा | Khabarhub Khabarhub

लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा – गोरखाको लाप्राक स्थित एकीकृत बस्तीका नागरिकहरुले लालपुर्जा पाएका छन्। २०७२ को भुकम्पपछि गैर आवासीय नेपाली संघले गुप्सीपाखामा घर बनाइदिए पनि उनीहरुले लालपुर्जा पाएका थिएनन्। हालसम्म ५ सय ५४ घरधुरीले लालपुर्जा पाएका र बाँकीले केही समयभित्र पाउने वडाध्यक्ष किसान गुरुङले जानकारी दिए। उनका अनुसार त्यहाँ ५ सय ७३ घर निर्माण भएको छ।

सरकारी जग्गा मन्त्रिपरिषदबाट निर्णय गरेर घरधनीलाई २०७७ सालबाट लालपुर्जा वितरण गर्न थालिएको हो। पहिलो चरणमा २०७७ सालमा २ सय ८० घरधनीलाई लालपुर्जा वितरण गरिएको थियो। दोश्रो पटक पुस ९ देखि १६ गतेसम्म थप लालपुर्जा वितरण गरिएको हो।

लालपुर्जा वितरणका लागि मालपोतका कर्मचारी लाप्राक नै पुगेका थिए। अब १९ जनाको मात्रै वितरण बाँकी रहेको र अधिकांश विदेश भएकाले राेकिएकाे पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए। उनका अनुसार केही घरधनीको मृत्यु समेत भैसकेको छ। सरकारले प्रत्येक परिवारलाई ३ आना जग्गा वितरण गरेको थियो। सोही जग्गामा एनआरएनएले ४ कोठाको दुईतले घर निर्माण गरिदिएको हो।

उक्तबस्ती निर्माणका लागि एनआरएनए र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सहरी विकास मन्त्रालय बीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो। तर घर भने निकै ढिलो गरि सम्पन्न भएको हो। गुप्सी पाखामा घर बनाइएपनि लाप्राकीहरु नयाँ घरमा सर्न भने आनाकानी गरिरहेका पुर्व वडाध्यक्ष राज गुरुङले बताए। अहिले पनि सबैजसो घरहरु खाली छन्। लाप्राकीहरु पूरानै घरमा बसिरहेका छन्।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ४० बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो