सिंगो विद्यालयका सबै विद्यार्थी एउटै कक्षामा  « Khabarhub

सिंगो विद्यालयका सबै विद्यार्थी एउटै कक्षामा 


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

मुगु– सिंगो विद्यालयका सबै विद्यार्थी एउटै कक्षामा बसेर पढ्छन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दा अचम्म लागे पनि मुगुको एउटा विद्यालयमा वर्षौँदेखि यसरी नै कक्षा सञ्चालन भइरहेको छ । यहाँको सोरु गाउँपालिकास्थित मालिका आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थी एउटै कक्षामा बसेर अध्ययन गरिरहेको देख्न सकिन्छ । विद्यालयमा भौतिक संरचना अभाव हुँदा यसरी विद्यार्थीहरू एउटा कक्षा पाँचतिर फर्केर पठनपाठन गर्न बाध्य भएका हुन् । 

सोरु गाउँपालिका-१ जवलधारामा रहेको मालिका आधारभूत विद्यालयको जीर्ण हविगत बारे सबै तहका सरकार जानकार छन् । अझ स्थानी सरकारसमक्ष त कयौं पटक यसबारे लिखित मौखिक जानकारी गराइसकेको विद्यालय प्रशासनको भनाइ छ । तर, स्थानीय सरकारलगायत अन्य निकायले ध्यान नदिएको विद्यालयको आरोप छ । यस विद्यालयमा विशेषगरी दलित समुदायका विद्यार्थी धेरै छन् । विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कोठामा छात्रछात्रा राख्नुपरेको प्रधानाध्यापक मेजबहादुर बुमीले बताए । 

धेरै विद्यार्थी एकै ठाउँमा बसेर पढ्दा केही नबुझ्ने कक्षा ४ मा अध्ययनरत ककेश नेपालीले बताए । उनी भन्छन्, ‘साथीहरू धेरै हुन्छन् । पढाइमा ध्यानै जाँदैन् । परीक्षामा त जे आयो त्यही लेखेर फर्कने गरेको छुँ,’ उनले भने ।

कक्षाकोठा मात्रै होइन यहाँ खेल मैदान र खेल सामग्री केही नभएको अर्का विद्यार्थी रेस्मा शाहीले बताइन् । गाउँपालिकाको न्युन स्रोतले शिक्षा शाखाले पनि दरबन्दी सिर्जना गर्न नसक्ने अवस्था रहेको र राष्ट्रपति शैक्षिक सुधार आयोजनाबाट विद्यालयमा दुई कोठे भवन निर्माण भइरहेको छ । यसपछि भने संरचना अभावको समस्या समाधान हुने सोरु गाउँपालिका शिक्षा शाखाका शिक्षा प्राविधिक सहायक निर्मल देवकोटाको भनाइ छ ।

विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कक्षाकोठामा अन्य कक्षाका विद्यार्थीलाई सँगै राखेर पठनपाठन गराउन समस्या भएको प्रअको भनाइ छ । उनका अनुसार विद्यार्थीको समूह बनाएर पठनपाठन गर्न सकिएको छैन भने बहुकक्षा सञ्चालन गर्दा विद्यार्थी थेग्न सकिदैन । यस विद्यालयमा एक सय ५० भन्दा बढी बालबालिका अध्ययनरत छन् । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  २ : ३८ बजे

उच्च अदालत जनकपुरमा कर्मचारीले थाले सरसफाइ अभियान

जनकपुरधाम– उच्च अदालत जनकपुरमा कर्मचारीले सरसफाइ अभियान थालेका छन् । 

वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले गत वैशाख महिनामा देशका

राष्ट्रियसभा : सुकुम्वासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका

‘मेड इन नेपाल’ प्रवर्द्धन गर्न ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने

काठमाडौं- नेपाली महिला उद्यमीहरूको सामूहिक पहलमा ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने

अर्थमन्त्री वाग्लेले भने-अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन लक्ष्यका